२०८३ साउन २, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार क्रियाशील छ : मुख्यमन्त्री

गण्डकी प्रेस
चैत्र ३, २०७८ २०:५२ मा प्रकाशित
प्रमुख समाचार, शिक्षा/स्वास्थ्य
सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार क्रियाशील छ : मुख्यमन्त्री
10
SHARES
Share on FacebookShare on Twitter

बागलुङ । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ स्वास्थ्य सेवा प्रवाहका लागि सरकार क्रियाशील रहेको बताएका छन् । बागलुङको गलकोट नगरपालिका ५ हरिचौरमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवन उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको बताए ।

कोरोना महामारीको नियन्त्रण र रोकथाममा स्वास्थ्यकर्मीले पुर्‍याएको योगदानको कदर गर्दै मुख्यमन्त्री पोखरेलले कोरोनाकै कारण प्रदेशको स्वास्थ्य संरचनामा सुधार भएको बताए । संरचनागत रुपमा भवनहरु भए पनि स्वास्थ्य उपकरण र जनशक्ति अभाव भएकोबारे आफू जानकार रहेको भन्दै उनले यो समस्या समाधानका लागि तत्काल पहल गर्ने प्रतिबद्धता जनाए । उनले भने, ‘मुख्य सहरवाहेक अन्तका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिने चिकित्सक पुर्‍याउन सकिएको छैन, विशेष प्रोत्साहन दिएर भए पनि हामी उनीहरुदलाई ग्रामीण भेगामा पठाउँछौं ।’

सिमित स्रोत र साधनका बीच प्रदेश सरकारले भौतिक संरचनाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत काम गर्दै आएको उनले सुनाए । स्वास्थ्य क्षेत्रलाई सुदृढ गर्नकै लागि स्वास्थ्य नीति जारी गरिएको र अब यसकै कार्यान्वयका लागि ऐन बनाउन लागिएको मुख्यमन्त्री पोखरेलले बताए । उनले भने, ‘प्रदेशमा के कस्तो स्वास्थ्य नीति अपनाउनु पर्ने हो र कसरी नागरिकलाई सहज रुपमा स्वास्थ्य सुविधा दिन सकिन्छ भनेर हामी लागी परेका छौं ।’

हरिचौर स्वास्थ्य केन्द्रको स्तरोन्नती गरी नगर अस्पताल घोषणा गरिए पनि कार्यन्वयनमा आउन नसकेको गुनासो संवोधन गर्दै उनले पोखरा फर्के लगत्तै यसबारेमा आफूले चासो दिने प्रतिबद्धता जनाए । गलकोट क्षेत्रको विकासका लागि प्रदेश सरकारले यथासक्य काम गर्दै आएको भन्दै मुख्यमन्त्री पोखरेलले प्रदेशको क्षमता अनुसार काम गर्दै आएको भनाइ राखे ।

कार्यक्रममा प्रदेश सभा सदस्य एवं राष्ट्रिय जनमोर्चाकी नेतृ पियारी थापाले नेपालको शैक्षिक प्रणालीकै कारण स्वास्थ्य क्षेत्रमा पर्याप्त जनशक्ति पाउन नसकिएको भनाइ राखिन् ।

गलकोट नगरपालिकाका मेयर भरत शर्मा गैरैले करिब ४ वर्षको अवधिमा स्थानीय सरकारले सक्दो काम भन्दै यसको मूल्यांकन नागरिकले गर्ने बताए । अस्पतालको स्तरोन्नती र सञ्चालनका लागि कार्यापालिकाबाट निर्णय गरे पनि प्रदेश र संघका कार्यालयमा पुग्दा अलमल हुने गरेको उनले सुनाए । उपमेयर रेनुकुमारी काउचा मगरले सिमित स्रोत र साधनका बीच पनि आफूहरुले कार्यसम्पादन गर्दै आएको बताइन् ।

३ बेडका लागि स्वीकृति पाएको भए पनि अहिले अस्पतालमा १५ बेड चालु छ । ८ रोपनी जमिनमा ७ करोड लगानीमा स्वास्थ्य केन्द्रको भवन निर्माण भएको हो । २ जना मेडिकल अधिकृतसहित १४ कर्मचारी कार्यरत संस्थामा मासिक १२ सयको हाराहारिमा बिरामी उपचारका लागि आउने गरेका छन् ।

मेडिकल अधिकृत डा। सन्देश मल्लले अहिले स्वास्थ्य केन्द्रमा एक्सरे, एम्बुलेन्स, इसिजी, ल्याबसहित २४ सै घन्टा इमरजेन्सी सेवा सञ्चालन हुँदै आएको बताए । जनशक्तिको अभावमा ल्याब २४ सै घन्टा सञ्चालन गर्न नसकिएको भन्दै उनले एक्सरे मेसिन सञ्चालन कार्यालय सहयोगीले गर्नुपर्ने अवस्था रहेको सुनाए । गलकोट सेवा जापानले स्वास्थ्य केन्द्रलाई आधुनिक एक्सरे मेसिन प्रदान गरेको छ ।
कार्यक्रममा धवलागिरी अञ्चल अस्पतालका पूर्व अध्यक्ष एवं नेपाली कांग्रेसका नेता मञ्जेशबम मल्ल, संविधान सभा सदस्य पूर्णबहादुर राना, सामुदायिक सेवा केन्द्र अध्यक्ष मञ्जु शर्मा चालिसे, जनमोर्चाका नेता टंकबहादुर केसी, वडा नम्बर ६ का वडाध्यक्ष नरबहादुर खत्री, अस्पताल व्यवस्थापन समिति उपाध्यक्ष कमला ढकाल लगायतले शुभकामना व्यक्त गरे ।

उक्त अवसरमा स्वास्थ्य केन्द्र व्यवस्थापन समिति अध्यक्ष नारायणध्वज मल्ल, प्रमुख प्रशासकीय अधिकृत तुलबहादुर विकले स्वास्थ्य सेवाको अवस्थाका बारेमा भनाइ राखेका थिए ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का
खेलकुद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए