किभ । रुसले युक्रेनमा लगातार आक्रमण जारी राखेपछि हजारौं बालबालिका बेचबिखनको जोखिममा परेका छन्।
युक्रेनको अधिकारवादी समूहका अनुसार अनाथलय तथा विभिन्न असहाय केन्द्रहरुमा रहेका करिब दुई लाख बालबालिकाहरु बेचबिखनको जोखिममा रहेको जनाएको छ। अमेरिकी सैन्य भेटरान्स जेरेमी लोकीका अनुसार युद्ध प्रभावितलाई उद्धार गर्ने नाममा बालिबालिकाहरुको तस्करी तथा बेचबिखन हुनसक्ने जोखिम बढेको बताएका छन्।
यसको फाइदा विभिन्न आपराधिक समूहहरुले उठाउनसक्ने बताइएको छ। एरियल रिकभरीका प्रमुख समेत रहेका लोकीले अहिले युक्रेनमा विभिन्न अनिश्चितताहरु सिर्जना भएका छन्। यस्तो अवस्थामा आफू जोगिनका लागि अरुले भनेको जे पनि मान्नसक्ने अवस्था भएकोले बालबालिका तथा महिलाहरुको बेचबिखनको जोखिम बढ्नसक्ने जनाइएको हो।






























प्रतिक्रिया लेख्नुहोस्:-