काहुले: प्रधानमन्त्री शेरबहादुर देउवाले घोषित मितिमै स्थानीय तहको निर्वाचन हुने बताएका छन्। नेपाली कांग्रेसका सभापतिसमेत रहेका देउवाले अबको लक्ष्य भनेको स्थानीय तहको निर्वाचन भएका कारण त्यसमै केन्द्रीत हुन सर्वसाधारण तथा कार्यकर्तालाई निर्देशन दिएका छन्।
नुवाकोटको पश्चिमी भेगमा रहेको किस्पाङ गाउँपालिका ३ काहुलेस्थित प्रशासनिक भवनको सोमबारै उद्घाटन गर्दै देउवाले गाउँ/गाउँमा पुगेका सिंहदरबारलाई सार्थकता दिन अब स्थानीय तहको चुनाव भएरै छाड्ने बताए। काहुलेमा जनतामाझ उनले भने, ‘अबको ध्यान स्थानीय चुनावमा छ, म तपाइहरुसँग भोट माग्न आएको त होइन। तर, पनि भन्नु विकास गर्ने हाम्रो पार्टीलदाई सहयोग गर्नुस्।‘
प्रधानमन्त्री देउवाले एमसीसीले देशको विकास गर्ने भएका कारण यो राष्ट्रहितमा रहेको पनि बचाउ गरे। उनले एमसीसीबाटै नेपालमा बाटो तथा बिजुलीको सहजीकरण योजनाहरु बन्ने भएको हुँदा यसलाई स्वीकार गरिएको छ।
उनले देशले अन्य बाह्य ऋण भने लिन हुने सित्तैमा आएको सहायता किन लिन नहुने भन्दै यसको विरोध गरिरहेकाहरुप्रति आक्रोश व्यक्त गरे। प्रधानमन्त्री देउवाले मन्तव्यका क्रममा सरकारको उपलब्धि नै एमसीसी भएको दाबी गर्दै यसको विरोध गर्नेहरुप्रति निकै आक्रोशितरुपमा मन्तव्य दिए।






























प्रतिक्रिया लेख्नुहोस्:-