पोखरा । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली गण्डकी प्रदेशका मुख्य मन्त्रीको भाषणमै निस्किने प्रयास गरेपछि कृष्णचन्द्र नेपालीले आफ्नो भनाईलाई बिचमै विट मारिदिएका छन् । प्रेस चौतारीको नवौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन सत्रमा सहभागि भएका ओली मुख्यमन्त्रीको भाषण गरेको ३ मिनेटपछि निस्किएका हुन् ।
उक्त समारोहमा दोहोरी चलेको थियो तर, ओलीले भने कांग्रेसको कुरा सुन्न नै चाहेनन् । उद्घाटनपश्चात सम्बोधन गर्नेक्रममा गोरुले पाँच ओटा पाठा पाएको भन्दै गठबन्धनको आलोचना गरे । उता मुख्यमन्त्री नेपालीले भने गठबन्धन के कारण आएको र प्रेसलाई नियन्त्रणमा ओलीले लिन खोजेको भन्दै घुमाउरो तरिकाले आलोचना गरे ।
सम्बोधनमा बोल्दै ओलीले भने–‘सर्वोच्च अदालतमा गोरु व्याएकार पाँचवटा बाच्चा पाएकाले अहिलेको गठबन्धन तयार भएको उनको कटाक्ष थियो । ‘नेपालमा पत्रकारहरुले जनादेशको समर्थन गर्ने कि परमादेशको समर्थन गर्ने ?’ ओलीले भने ‘परमादेशको समर्थन गर्ने हो भने गोरु कहिँ व्याउँदैन भन्ने मान्यता छनी, नेपालमा त गोरु पनि व्यायो, गोरु व्याएन मात्रै पाँच वटा बाच्छा पाएको छ ।’ओलीले थपे– ‘तपाई परमादेशको समर्थन गर्ने कि जनादेशको ? सबैलाई खुसी पार्न सकिँदैन । परमादेशका नाममा जनादेशको माखौल उडाइएको छ । सेटिङमा सबै काम भइरहेको छ । एकजना न्यायाधीशले अमेरिकाबाट इमले लेख्छन्, केपी ओलीको सरकार नढाली भएको थिएन, त्यसैले संविधान बाहिर गएर फैसला लेख्नुपरेको हो । ती न्यायाधीशको के बिगार्देको थियो त्यो सरकारले ? खासमा त्यो इमेलले वर्गीय दुराग्रह झल्काउँछ ।’
१ घण्टा बढि बोलेर आफ्नो मन्तव्य पश्चात मञ्चमा बसेका ओलीले गठबन्धनबाटै गण्डकीमा मुख्यमन्त्री बन्नुभएको कृष्णचन्द्र पोखरेले गठबन्धनको सरकार कसरी बनेको भन्ने कुरा स्वयम् ओलीलाई नै थाहा भएको भन्ने संकेत गरेपछि उनी निस्किएर हिड्न थाले । चौतारीका अध्यक्ष गणेश बस्नेतले मुख्यमन्त्रीले आफ्नो मन्तव्य व्यक्त गर्दै गर्दा ओलीलाई मायाको चिनो प्रदान गरे । त्यहाँ ओलीले मुख्यमन्त्रीको कुरा सुन्न नचाहेको स्पष्ट देखिएको थियो । सोहि अनुरुप चौतीले पनि ओलीलाई विदाई गरिरहेको थियो ।
ओलीको जवाफमा मुख्यमन्त्रीले भने–‘सत्तामा जाने प्रक्रिया तर्फ नजाऔँ र गइसकेपछि धेरै संघर्ष गरेका नेताहरुपनि पार्लिमेन्ट भित्र गइसकेपछि कहि न कहि गुम्राह हुने सम्भावना हुन्छ । हामीले विगतमा पनि देख्यौ हाम्रा एकदम आदर्श नेताका रुपमा चिनिएका त्यहि नेतृत्वका सरकारले पनि कता कता प्रेसलाई नियन्त्रण गर्ने विषयका कुराहरु नआएका पनि होइनन् । अघि यहाँ पनि इंगित गर्नु भएको थियो अध्यक्ष (ओली) ज्युले अहिले त्यता तर्फ नगईकन, अहिलेको गठबन्धनको सरकार (हास्दै) कसरी के कुरा तपाईँहरुलाई थाहा हुनुपर्ने हो ।’
त्यतिभनेपछि ओलि हत्त र पत्त निस्कने तयारीमा लाग्दै मञ्चमा रहेका अन्य अतिथिलाई भेटेर विदा हुन खोज्दा मुख्य मन्त्रीले पनि बोल्दा बोल्दै सत्य र तथ्यमा आधारित भएर लाग्न भन्दै आफ्नो भनाई टुंग्याउँदै ओलीलाई भेटेर निस्किए । बाहिर निस्किएपछि मुख्यमन्त्री चढकोको सवारी ओली सवार सवारी भन्दा अघि साइरन बजाउँदै हुइकिएको एक मिनेटपछि मात्र ओली सवार सवारी निस्किएको थियो ।






























प्रतिक्रिया लेख्नुहोस्:-