२०८३ साउन २, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

नेतृत्वमा महिलालाई स्थापित गर्न निरन्तर अभियान

गण्डकी प्रेस
फाल्गुन २६, २०७८ २०:३८ मा प्रकाशित
प्रमुख समाचार, समाचार
नेतृत्वमा महिलालाई स्थापित गर्न निरन्तर अभियान
30
SHARES
Share on FacebookShare on Twitter

पोखरा । शासन, कानुन, समय बदलिए पनि नेपाली समाज अझै पितृसत्तात्मक सोचबाट चलिरहेको छ । राजनीतिसहित समाजका सबैजसो क्षेत्रमा महिला नेतृत्वमा कम छन् । भएका ठाउँमा पनि उप, सहायक जस्ता कार्यकारी भूमिका नहुने पदमा छन् ।
नारी र पुरुषलाई एक रथका दुई पांग्रा मानिन्छ । नारी अर्थात् एउटा पांग्रो कमजोर बनाइएकाले समाज अग्रगतिमा बढी बढ्न नसकेको एक कार्यक्रमका वक्ताहरुले औंल्याएका छन् । नारी जागरण अभियान गण्डकीले ‘नेतृत्वमा महिला’ अभियान अन्तर्गत बुधबार आयोजना गरेको कार्यक्रमका वक्ताहरुले यस्तो बताएका हुन् ।

कार्यक्रममा पोखरा महानगरकी उपप्रमुख मञ्जुदेवी गुरुङले महिलाले क्षमताको आधारमा समान हक माग्ने समय आइसकेको बताइन् । उनले ज्ञान, सीप, तर्कमा अब्बल गर्न आग्रह गर्दै ऐन, कानुनलाई व्यवहारमा लागू गर्न दबाब दिनुपर्ने औल्याइन् । उनले भनिन्, ‘हामीले पुरुषको भाग खोस्ने होइन, क्षमताको आधारमा समान अधिकार लिने हो । रथ चल्न दुवै पांग्रा समान हुनुपर्छ, सँगै हिड्नुपर्छ । एउटा पांग्रा कमजोर हुँदा नेपाली समाज अग्रगामी बन्न सकेको छैन ।’

कांग्रेस नेतृ लक्ष्मी पाण्डेले सबै पार्टीमा महिलालाई पछि पारिएको फेहरिस्त प्रस्तुत गर्दै महिलालाई नेतृत्वमा स्थापित गर्न सामूहिक प्रयत्न जरुरी भएको तर्क गरिन् । आफूलाई अन्यायमा पारिए, पछि पारिए बोल्न र छलफलमा आउन उनले महिलालाई अनुरोध गरिन् ।
नागरिक अधिकारकर्मी रामबहादुर पौडेलले ठाउँ ठाउँमा यस खालका अभियान चल्नुपर्नेमा जोड दिए । उनले अभियानलाई भर्‍याङ होइन, समाज परिवर्तनको माध्यम बनाउन आग्रह गरे । पौडेलले भने, ‘यो खालका अभियान देशैभर चल्नु जरुरी तर यसलाई भर्‍याङ बनाउनु हुँदैन ।’

पोखरा महानगरका प्रवक्ता धनबहादुर नेपालीले समावेशिता लोकतन्त्रको अमूल्य पक्ष भएको विचार राखे । उनले लैंगिक तथा जातीय विभेद हटाउन नीति निर्माण गर्ने ठाउँमा शोषित, पछि पारिएका, उत्पीडितको प्रतिनिधित्व जरुरी हुने जनाए ।
कार्यक्रममा पोखरा ५ का वडा सदस्य उज्ज्वल खत्री, पोखरा ९ की वडा सदस्य अभियन्ताहरु राममाया मानन्धर, हरिमाया विश्वकर्मा, लक्ष्मी अधिकारी लगायतले बोलेका थिए ।

नारी जागरण अभियान गण्डकी संयोजक अञ्जु केसीले महिलालाई आर्थिक, सामाजिक र राजनीतिक रुपमै सक्षम बनाउन अभियान सहयोगी हुने उल्लेख गरिन् । उनले भनिन्, ‘संविधान, कानुनले अधिकार दिए पनि व्यवहारमा लागू भएको देखिएको छैन । यो खबरदारीसहित हक, अधिकार स्थापित गर्ने प्रयत्न पनि हो ।’

अभियान अन्तर्गत छलफल, अन्तक्र्रियासहित प्रमुख राजनीतिक दलका नेताहरुलाई ज्ञापनपत्र बुझाइने उनको भनाइ छ । नेतृत्वमा महिलाको सम्मानजनक उपस्थिति सुनिश्चित नभएसम्म अभियान निरन्तर रहने उनको भनाइ छ । केसीले भनिन्, ‘आधा आकास भन्ने चौथाइ पनि स्थान नदिने मानसिकता परिवर्तन गर्न सबै जुट्नुपर्छ ।’

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए