कालिका नगरपालिकाका ३ वडा अध्यक्ष टिका रिजाल लाई कार्यालयमै कुटपिट गरि जुत्ताको मालाटिका रिजाल चितवनको कालिका नगरपालिका वार्ड न ३ का वडाध्यक्ष टिका रिजाल माथी कार्यकक्षमै प्रबेश गरि कुटपिट गरि जुत्ताको माला लगाई कालोमोसो दलिएको छ ।
सोमबार दिँउसो कालिका नगरपालिका वडा नं. ३ का अध्यक्ष टिका रिजालमाथी अज्ञात समुुहले कालोमोसो दलेको नेकपा माओवादी मध्य कमान्ड ईन्चार्ज सुमन श्रेष्ठले जानकारी दिए । केहि दिन अघीदेखी सुुकुम्बासीलाई जग्गा बितरण गर्ने बिषयमा बिवाद बढ्दै गएका बेला आज अकास्मात एक समुहले वडा कार्यालयमा प्रवेश गरी रिजालमाथी कुुटविट गर्दै कालोमोसो दली कार्यकक्षबाट लतार्दै बाहिएर ल्याएका हुन् ।
उनिहरुले वडाध्यक्षमाथी हातपात गरी कालोमोसो दल्दै जुत्ताको मालासमेत लगाएका थिए । उता स्थानियका अनुसार वडाध्यक्ष रिजालमाथी कार्यकक्षमै कुटपिटसहित केश मुण्डनको प्रयास समेत भएको थियो । घटनापछी अहिले उक्त समुह फरार छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-