कास्की जिल्लामा रहेको सामुदायिक विद्यालयहरु बिच भलिबल प्रतियोगिता हुने भएको छ ।
कास्की जिल्ला भलिबल संघ र सृर्जना विकास केन्द्रको संयुक्त आयोजनामा पोखरा रंगशालामा चौथो कास्की जिल्ला सामुदायिक विद्यालय स्तरीय छात्र÷छात्रा भलिबल प्रतियोगिताको आयोजना हुने भएको छ ।
प्रतियोगिताबारे आइतबार पत्रकार सम्मेलन मार्फत जानकारी दिइयो । आगामी चैत ४ गतेदेखी ७ गतेसम्म हुने प्रतियोगितामा करिब ५० विद्यालायको सहभागिता हुने भएको छ ।
प्रतियोगिताको विजेता छात्र÷छात्रा दुवै तर्फको विद्यालयले समान १÷१ लाख रुपैयाँ प्राप्त गर्नेछन् । यस्तै उपविजेताले समान ५०÷५० हजार रुपैयाँ र तेस्रो हुनेले ३०÷ हजार रुपैयाँ प्राप्त गर्ने कास्की जिल्ला भलिबल संघका अध्यक्ष भीम पराजुलीले जानकारी दिए ।
प्रतियोगितामा सहभागिता जनाउनका लागि कक्षा ९ देखी कक्षा १२ मा अध्ययन गर्दै गरेका विद्यार्थीहरुले मात्र सहभागिता जनाउन पाउने सृर्जना विकास केन्द्रका अध्यक्ष इश्वरप्रसाद पौडेलले जानकारी दिनए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी छात्र तथा छात्रालाई समान ५÷५ हजार रुपैयाँ प्रदान गरिने छ । यस्तै उत्कृष्ट स्पाईकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट सेटर र उत्कृष्ट सर्भरलाई १÷१ थान भलिबल प्रदान गरिने छ ।
प्रतियोगिता सञ्चालन गर्न करिब १० लाख रुपैयाँ खर्च लाग्ने र १० लाख ५० हजार रुपैयाँ आम्दानी हुने अनुमान गरिएको छ भने प्रतियोगिताबाट बचत हुने ५० हजार रुपैयाँ भलिबल खेलक विकास र विस्तारमा खर्च गरिने प्रथम उपाध्यक्ष कृष्ण बहादुर थापाले जानकारी दिए ।



























प्रतिक्रिया लेख्नुहोस्:-