२०८३ साउन ३, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चुनाबमा आफ्नो टोल छाडेर अन्त गए असहयोग गरेको ठहरिने छ : गगन थापा

गण्डकी प्रेस
फाल्गुन २०, २०७८ २०:३२ मा प्रकाशित
प्रमुख समाचार, राजनिती
चुनाबमा आफ्नो टोल छाडेर अन्त गए असहयोग गरेको ठहरिने छ : गगन थापा
24
SHARES
Share on FacebookShare on Twitter


नेपाली कांग्रेसका महामन्त्री गगन थापाले बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा कुनैपनि नेता तथा कार्यकर्ताले आफ्नो टोल छाडेर अन्त गए असहयो गरेको ठहरीने बताउनुभएको छ ।
महामन्त्री थापाले कास्कीको मादी गाउँपालिकाको आयोजनामा भएको अगुवा तथा कार्यकता भेला कार्यक्रमको सम्बोधनको क्रममा बोल्दै पार्टीले अब प्रत्येक वडामा टोल कमिटि समेत गठन गरि चुनाव प्रचार प्रसारमा टोल भन्दा बाहिर गएको खण्डमा समेत चुनावमा असहयोग गरेको हुने बताउनुभएको हो । उहाँले पार्टीलाई आगामी निर्वाचनमा बलियो बनाउन टोलस्तरबाट नै नेताहरु खटिनुपर्नेमा जोड दिनुभयो ।
कम्युनिष्टहरुले विभिन्न झुटा कुरा फैलाएपनि बैशाख ३० मै निर्वाचन हुने उहाँले बताउनुभयो ।
थापाले केन्द्रदेखी स्थानीय तहसम्मका सम्पुर्ण नेताहरुलाई समेत वडा स्तरको कमिटिमा बसेर काम गर्न अनुरोध गर्नुभयो ।
कांग्रेसमा सानो क्षेत्रलाई वेवास्ता गर्दा चुनावको नतिजामा ठुलो परिर्वतन आएका कारण विशेष योजनाका साथ चुनावमा हुम्मिने तयारी भइरहेको बताउनुभयो ।
‘हामी यसपालिको स्थानीय चुनाव कसरी लड्न चाहान्छौ भने साथीहरु आफ्नो टोल छाडेर कोहिपनि बाहिर नजानु । जति ठुलो मान्छे होस् म कांग्रेसको महामन्त्री भएभन्दैमा मेरो पनि त एउटा टोल हुन्छ’ उहाँले भन्नुभयो,‘ शुक्रराज दाई, यज्ञ दाई, किशोर दाईको पनि त आफ्नै टोल छ । त्यो टोल छाडेर नजानुुस् आफ्नो टोल पहिला सम्हाल्नुहोस् । आफ्नो टोल वा वडा छाडेमा कांग्रेसलाई असहयोग गरेको मानिने छ ।’
उहाँले मोटरसाइकल, गाडी लिएर तेल हाली बजार बजार डुल्दैमा पार्टीका लागि खटिएको नहुने बताउनुभयो । पार्टीका लागि खट्नुभनेको टोलमै बसेर मतदाताको नामावाली निकाली मतको अनुमान लगाउँने र सोही अनुसार लाग्नु वास्तविक खटिएको हुने बताउनुभयो ।
‘महेन्द्रपुलमा जम्मा भएर गुनगुन गरेर बसेर हुदैँन । तलै बस्ने हो तल बसेर नै गर्ने हो मैले सभापतिलाई पनि आग्रह गरिसके । माथिल्लो पदका पनि तल बसेर काम गर्ने तल बसेर सम्वाद गर्दा मर्यादा घट्दैन’ उहाँले थप्नुभयो,‘ क्षेत्रीय प्रतिनीधि हुनुभएको छ ,वहाँहरुले सानदार ढंगले महाधिवेशन गराउनुभयो । अब स्थानीय निर्वाचनमा सानदार तरिकाले जिताउन लाग्नुहोस् । सबैले टोलको संयोजक भएर काम गर्नुस काम गर्दा सानो भइदैँन । पार्टीको एकसेएक नेताहरुले पनि तल बसेरै काम गर्नुपर्छ ।’ पार्टीमा एकता भए कास्कीमा चारतारे झण्डा गाड्न सक्नेमा कुनै दुईमत नरहेको उहाँले दाबी गर्नुभयो ।

कास्कीको हकमा पोखरा महानगरको उम्मेदवार केन्द्रले छान्ने र अन्य पालिकाको उम्मेदवार जिल्लाले नै मिलाउनुपर्ने छ । ‘महानगरको टुंगो केन्द्रबाट गरेर पठाउँछौँ । अन्य गाउँपालिकाको तपाईँहरु नै बसेर मिलाउनुपर्छ । महानगरमा हामी तपाईहरुले चाहे जस्तो गरेर नै पठाउँछौ । तालमेल गर्ने की नगर्ने हामी माथिबाट मिलाउदैनौ तपाईँहरु आफै मिलाउनु होस् ।’
अघिल्लो निर्वाचनमा जनताले कांग्रेसलाई प्रतिपक्षीमै बस्न अनुरोध गर्दा पुर्ण इमान्दारका साथ प्रतिपक्षीमा बसेर काम गर्दा समेत देश चलाउनका लागि कांग्रेस नै सरकारमा आउनुपरेको स्मरण गर्दै थापाले कांग्रेस जात नै सबैलाई मिलाउने रहेको बताउनुभयो ।
कांग्रेसले अहिले प्रत्येक सय जनामा १५/२० जनाको मत मात्रै पाउने गरेको छ । अब कांगे्रेसले प्रत्येक सय जनामा ४४/४५ जना मतदाताले मत हाल्ने नबनाएसम्म नेपाली कांग्रेस बलियो नहुने र अहिले बाध्यताले सरकार चलाउन परिरहेका छ उहाँले बताउनुभयो ।
एमसीसीको बारेमा बोल्दै थापाले कम्युनिष्टहरुले जनतालाई गलत कुरा बताउँदै आइरहेको सुनाउनुभयो । उहाँले नेपाल किसान पार्टी बाहेक सबै दल एमसीसी ल्याउनेमा पहिले देखि नै लागिपरेको सुनाउँदै एमसीसी अमेरिकी सेना आउने नभई विश्वका विकसित राष्ट्रले अविकसित राष्ट्रलाई दिने अनुदान मात्रै रहेको स्पष्ट पार्नुभयो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए