एजेन्सी: रुसले युक्रनेसँगको युद्धमा आफ्नोतर्फ भएको क्षतिको सूचना लुकाउँदै आएको थियो। तर युद्धको आठौं दिनमा भने रुसको रक्षा मन्त्रालयले यसबारे आधिकारिक विवरण सार्वजनिक गरेको छ।
रुसका अनुसार बुधबार अबेरसम्ममा कुल चार सय ९८ रुसी सेना युद्धमा मारिएका छन्। यस्तै घाइतेको सङ्ख्या एक हजार पाँच सय रहेको छ। यस्तै युक्रेनको तर्फ दुई हजार आठ सय सेना मारिएको पनि रुसी रक्षा मन्त्रालयले बताएको छ।
यता युक्रेनी सेनाले भने पाँच हजार आठ सयभन्दा बढी रुसी सेना मारिएको यसअघि नै सूचना दिएको थियो। यसले कुन सूचना आधिकारिक हो भन्नेमा द्विविधा बढाएको छ। तर युक्रेनले भने आफ्नोतर्फ के कति मारिए वा घाइते भए भन्ने आधिकारिक सूचना हालसम्म दिएको छैन।






























प्रतिक्रिया लेख्नुहोस्:-