पोखरा । पोखरा महानगरपालिका १५ का खुसिमान गुरुङ र पोखराका १७ खेमबहादुर क्षेत्रीलेपालेको कुखुरामा बर्डफ्लु पुष्टि भएको छ । उक्त क्षेत्रमा अहिले संक्रमण रोकथामको लागि विभिन्न काम भैरहेको बर्डफ्लु रोग नियन्त्रण कक्षको संचार अधिकृत गृष्म न्यौपानेले जानकारी दिए ।
न्यौपानेका अनुसार अहिले संक्रमण देखिएको खोरका र त्यस क्षेत्रका कुखुरा र पंक्षी नष्ट गर्ने काम भैरहेको छ । बर्डफ्लु पुष्टि भएका खोरमा ४२ दिन सम्म पक्षी पाल्न नपाउने र देखीएको केही क्षेत्रमा सिल गरिएको छ । सिल क्षेत्रमा १० दिन सम्म कुखुरा ओसारपोसार गर्न बन्देज लगाएको न्यौपानेले जानकारी दिए । पंक्षी नष्ट गर्ने क्रम जारी रहेको उनले बताए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८


























प्रतिक्रिया लेख्नुहोस्:-