सनातन हिन्दु संस्कृतिमा तीन रात्री अत्यन्तै महत्वपूर्ण हुन्छन् । कालरात्री, मोहरात्री र महारात्री । कालरात्री अर्थात् नवरात्रको तीन दिन । जहाँ भगवती शक्तिको विशेष अराधना हुन्छ । दोस्रो हो भगवान् श्रीकृष्णको जन्माष्टमी । जसलाई हामी मोहरात्री भन्छौ र तेस्रो हो महारात्री अर्थात शिवरात्री हो ।
शिवरात्री प्रत्येक वर्षको फागुन महिनाको कृष्णपक्षको त्रयोदशी र चतुरदशीको सन्धीका दिनलाई शिवरात्रीको रुपमा मनाइन्छ । भगवान् शिव र शक्ति संगम भएको दिन अर्थात शिव र पार्वतीको विवाह भएको दिन भनेर मनाइन्छ । कतिपयले शिव जन्मीएको दिन भन्नेगरेपनि किवंदन्तीका अनसार भने शिव र पार्वतीको विवाहको दिनको रुपमा मनाईदैँ आइरहेको पाइन्छ । लोक कल्याणका लागि राक्षसहरुको अक्रमणले र पिडाले व्यथित भएका देवताहरु भगवान्को पासमा गएपछि तार्कासुर जस्को मृत्युचाहीँ शिवपार्वतीको पुत्रद्धारा नै हुने वरदान उसले पाएका थिए । त्यसकारण लोकदृष्टिले विवाह बन्धनमा बाधिएको दिन भएकाले शिवरात्री त्यो रुपमा मनाइन्छ । त्यो भन्दापनि विशेष त शिवरात्रीको दिनमा साधक सिद्धि प्राप्त गर्न चाहनेवाला शाधकहरुका लागि साधनाका लागि अत्यन्त उपयुक्त दिनका रुपमा मानिन्छ । संसारीक मनोकामना चाहनेले उपसानका माध्यमबाट लौकिक पदार्थ प्राप्तिका लागि आजका दिन विशेष फल प्राप्त हुन्छ भन्ने मान्यता रहिआएको छ ।
सनातन धर्मका जतिपनि क्रियाहरु हुन्छन् ती प्रत्येक क्रियाहरु वैज्ञानिक नै सावित भएका छन् । जन्म देखी मृतयुसम्मका संस्कारमा हामी विज्ञानलाई समेत भेटेका छौँ ।
सोही अन्तरगत शिवरात्रीमा बालिने शिवधुनीको पनि विशेषता रहेको छ ।
त्यो के हो भन्दाखेरी यो समय भनेको शरद ऋतु अर्थात शितकाल, जाडो महिना समाप्त हुने र गर्मीको सुरुवात हुने समय हो । यो समयमा मानिसहरुलाई रोगले ग्रस्ने अवस्था हुन्छ । त्यसकारण यो अवस्थामा चिसोबाट बच्नुपर्छ । अर्को कुरा भगवान् शिवलाई भस्म(खरानी) प्रिय भनिन्छ र त्यो भस्म प्रिय हुनुमा कारण पनि छ । भस्ममा( खरानीमा) किटाणु मार्ने शक्ति हुन्छ । त्यसैले धुनी बाल्दा विभिन्न बनस्पतीको प्रयोग गरिएको हुन्छ । बनस्पतीमा भएका जुन शक्ति हुन्छ त्यो हाम्रो शरीरमा छिद्रहरुबाट जान्छन् । शिवधुनीको भस्म शरीरमा लेपन गर्दा किटाणुहरु मर्ने र रोग लाग्नबाट बचिन्छ । यो नै बैज्ञानिक र धार्मिक विशेषता हो ।






























प्रतिक्रिया लेख्नुहोस्:-