सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा १२ माटेपानी को आयोजनामा बार्षिक कार्यक्रम रक्तदान जीवन दान जीवन दान महादान भन्ने मुल अभिप्रायका साथ १७ औ रक्तदान कार्यक्रम अध्यक्ष मिरादेवीआचार्य को अध्यक्षतामा सम्पन्न भयो । कार्याक्रममा ६४ युनिट रगत संकलन भएको छ ।
जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक सुन्दर तिवारीले कुनै बिद्वानले कुनै पनि प्रयोगशालामा मानिसको रगत बनाउन नसक्नी र रक्तदान गरि मानिसको जीवन बचाऔं भन्नी भनाई राख्नु भयो विशेष अतिथि वडा नं १३ दर्शन लामा, वडा नं १४का प्रेम बहादुर कार्की, सशस्त्र प्रहरी निरिक्षक यम बहादुर बस्ने्त सामुदायिक सेवा एवं सामुदायिक प्रहरी सेवा जिल्ला समन्वय समिति कास्की का अध्यक्ष बोध बहादुर कार्की अतिथि केन्द्रका संस्थापक अध्यक्ष माया तझ्या, निवर्तमान अध्यक्ष बल बहादुर कार्की माछापुच्छ्रे टोल बिकास समितिका अध्यक्ष भग्वति शर्मा बास्तोला लगायत अन्य आमासमुह टोल बिकास समितिका अध्यक्षले भनाई राख्नु भयो । स्वागत मन्तव्य सस्थाका उपाध्यक्ष इन्दिरा पन्त आचार्य ,कार्यक्रम संयोजक संस्थाको कोषाध्यक्ष किरण सिग्देल र कार्यक्रम सञ्चालन सचिब नेत्र बहादुर तिमिल्सिनाले गर्नु भएको थियो ।






























प्रतिक्रिया लेख्नुहोस्:-