काठमाडौँ । नेकपा ९एमाले० का सांसद भीम रावलले संविधान विपरीत संसद्मा एमसीसी सम्झौता पेस गरिएको भन्दै आपत्ति जनाएका छन् । उनले नेपालको संविधान २८९ बमोजिम संघीय कानुनको अभावमा यो सम्झौता संघीय संसद्मा पेस नै हुन नसक्ने दाबी गरे ।
प्रतिनिधिसभाको आइतबारको बैठकमा एमसीसी सम्झौता प्रस्तावमाथिको दफावार छलफलमा भाग लिँदै सांसद रावलले व्याख्यात्मक घोषणा नभई भ्रमात्मक घोषणाको संज्ञा दिए । यो संविधानविपरीत हुन्छ । दफावार छलफल भनेर यहाँ पेस गरिएको व्याख्यात्मक घोषणा होइन, यो भ्रमात्मक घोषणा हो, उनले भने, यसरी दुईपक्षीय सम्झौता एक पक्षीयरुपमा हामीले घोषणा गर्यौं भनेर जनतालाई ठग्ने, योभन्दा ठगपत्र अरु केही हुँदैन ।
उनले नेपाली जनताले सार्वभौम सम्पन्न यो संसद्बाट निर्लज्जताको काम गरेको भन्दै यो कलंकका रुपमा दर्ज हुने बताए । उनले आधा घन्टा समय दिने भएमा एमसीसी कसरी राष्ट्रघाती छ भनेर प्रमाणित गरिदिने चुनौती पनि दिए ।
संविधान मिचेर एमसीसी संसद्मा पेस गरेर सरकारले जनतामाथि ठगी गरेको उनको आरोप थियो । ुयति ठूला राष्ट्रियताको सवाललाई हतारहतार संविधान मिचेर संसद्मा पेस गर्छ भने त्यो सरकारले जनतामाथि गरेको ठगी हो । उनले प्रधानमन्त्री शेरबहादुर देउवालाई महाकाली सन्धिका बेलामा पास गरिएको संकल्प प्रस्ताव भारतले नेपाली भूमि मिचेको समयमा कहाँ छ भनेरसमेत प्रश्न गरेका थिए ।






























प्रतिक्रिया लेख्नुहोस्:-