चर्चित ¥यापर आशिष राना (लाहुरे) ५० हजार धरौटीमा छुटेका छन् । मंगलबार न्यायधीश बाबुराम सुवेदीको इजलासमा भएको थुनछेक बहसपछि लाहुरे ५० हजार धरौटीमा छुटेका हुन् ।
लागु औषध सहित पक्राउ परेका लाहुरे जिल्ला अदालत कास्कीमा सोमबार बयान भएको थियो । पोखरामा गत पुस १५ गते बिहिवार राति चर्चित ¥यापर लाहुरे सहित २ जना पुरुष र १ जना महिला पक्राउ परेका थिए ।
पोखरा २१ घर भई हाल छोरेपाटन बस्ने ३९ वर्षिय धुर्व थापा, पोखरा ७ का ३० वर्षिय बिक्कि भन्ने का नवीन गुरुङ स्याङ्जा भिरकोट नगरपालिका ७ का हाल पोखरा १५ बस्ने २२ वर्षिय सुस्मिता गुरुङलाई प्रहरीले पक्राउ गरेको थियो ।
सुस्मीताको साथबाट पहिला ०.५१ ग्राम ब्राउन सुगर बरामद भएपछि पोखरा सभागृह नजिकै सुस्मिताको कोठाबाट १२.५० ग्राम ब्राउन सुगर भेटिएको थियो ।
प्रहरीले उनीहरुको साथबाट जम्मा १३.०१ प्रहरीले भेटेको हो । प्रहरी निरिक्षक खगेन्द्र अधिकारीको कमाण्डरमा खटिएको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो ।



























प्रतिक्रिया लेख्नुहोस्:-