आइसिसी टि२० विश्वकप छनोट ए मा नेपालले आज अन्तिम खेल क्यानडासंग खेल्दै छ । दिउँसो ३ः४५ बजे नेपालले क्यानडासंग खेल्ने छ । क्यानडा माथि जित हात पारे नेपाल समुह विजेता हुँदै सेमिफाइनलमा प्रवेश गर्नेछ ।
ओमान क्रिकेट एकेडेमी ग्राउन्ड–१ मा हुने खेलमा नेपाल ३७ रन भन्दा कमको हार व्यहोरेमा समेत सेमिफाइनलमा पुग्न सक्ने समिकरण छ । नेपालले यस अघि ओमान र फिलिपिन्समाथि जित हासिल गरिसकेको छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-