काठमाडौं– अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोेरेसन एमसीसी सम्झौता प्रतिनीधिसभामा पेस गरिएको छ । पेस भएसंगै आगामी बिहिबारसम्मका लागि प्रतिनीधिसभा बैठक स्थगित भएको छ ।
आज बसेको प्रतिनीधिसभा बैठकमा सांसदहरुको विरोधका बीच एमसीसी पेस गरिएको हो । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी पेस गरेका हुन् ।
पेस भएसंग प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी पारित हुने प्रतिक्रिया दिएका छन् । बैठक सकिएपछि बाहिर निस्कने क्रममा सञ्चारकर्मीलाई उनले अब पास हुने बताए ।
एमसीसीको विरोधमा काठमाडौंको सडकमा भने चर्को विरोध भएको छ । प्रदर्सनकारी र प्रहरीबीच झडप समेत भएको छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-