काठमाडौं– देशका छुट्टाछुट्टै स्थानमा सडक दुर्घटनाहुँदा ३ जनाले ज्यान गुमाएका छन् । झापाको बिर्तामोड नगरपालिका ६ बुट्टाबारीस्थित सडकमा मे १ ज १९१८ नम्बरको म्याजिक गाडीले प्र १.०१.०१३ प ७३२६ नम्बरको मोटरसाइकललाई बुधबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक अर्जुनधारा नगरपालिका ११ बस्ने ५४ वर्षीय दिलिप राजवंशीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको बिएण्डसी अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार बिर्तामोड नगरपालिका ४ बस्ने ४९ वर्षीय कृष्ण राजवंशीको सोही अस्पतालमा उपचार भइरहेको छ ।
दुवै सवारी साधन र म्याजिक गाडीका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिन्धुली गोलन्जोर गाउँपालिका ६ घोकसिलास्थित सडकमा ना ४ ख ९९६८ नम्बरको बस पर्किङ गर्ने क्रममा बसले च्यापिएर सोही ठाउँ बस्ने १५ वर्षीय केशब मग्राती सार्कीको बुधबार राति घटनास्थलमै मृत्यु भएको छ । हाल फरार बस चालकको प्रहरीले खोजी गरिरहेको छ ।
रौतहट गरुडा नगरपालिका ८ जिगडियास्थित सडकमा हाल नम्बर नखुलेको सवारी साधनको ठक्करबाट वतन नखुलेका पैदलयात्री अन्दाजी ५२ वर्षीय पुरुषको बिहीबार बिहान मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको उपचारको लागि गौरतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । ठक्कर दिने सवारी साधन र चालकको प्रहरीले खोजी गरिरहेको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



























प्रतिक्रिया लेख्नुहोस्:-