स्याङ्जा, १७ माघ । कालिगण्डकी गाउँपालिका ५ जयपतेबाट सोही ठाउँ बस्ने २१ वर्षीय सुमित बिक र गल्याङ नगरपालिका २ गराङदी बस्ने २२ वर्षीय असिम बिकलाई अवैध लागूऔषध १ केजी ७ सय ५० ग्राम अवैध लागूऔषध गाँजा सहित सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
लु ५२ प ५२११ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई ईलाका प्रहरी कार्यालय जयपतेबाट खटिएको प्रहरीले चाँज गर्ने क्रममा उक्त लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।



























प्रतिक्रिया लेख्नुहोस्:-