हरीनास गाउँपालिका ६ पुर्कोट स्याङजामा जनता संग अध्यक्ष कार्यक्रम सम्पन्न भएको छ । प्रत्येक हप्ताको शनिवार विभिन्न वडा तथा टोलहरुमा जनतासंग अध्यक्ष कार्यक्रम मार्फत जनता र जनप्रतिनिधीहरुबीच अन्तरकृया सन्चालन हुदै आईरहेको छ ।
जहाँ जनताले आफ्ना समस्याहरु अध्यक्षलाई सुनाउने र अध्यक्ष मार्फत समस्या समाधानका लागि भईरहेका प्रयासहरु र प्रतिवद्रता जनतालाई सुनाउने गरिन्छ ।
कार्यक्रमलाई सम्वोधन गर्न क्रममा हरीनास गाउँपालिकाका अध्यक्ष खिम नारायण मानन्धरले पुर्कोट गाउँमा आफ्नो बालापनदेखिको भावनात्मक साईनो जोडिएको बताए ।
उनले जनतासमक्ष राखेका प्रतिबद्रता पुरा गर्न र समस्या सुन्न पटक पटक उक्त्त गाउँ आएको जानकारी दिए साथै जनताका जायज माग पुरा गरीरहेको र पुरा गर्नका लागि कुनै कसर बाँकी नराख्ने बचन समेत थिए ।
हरीनास गाउँपालिका भित्र रहेको धर्म,संस्कृतिका,भेषभुषाको रक्षा गर्नु पालिकाको दायित्व रहेकाले यस पटक समुदायमा रहेका विभिन्न जातिका महिलाहरुलाई ४० थान भेषभुषा वितरण गरीएको उनले जानकारी दिए ।
सतौ चण्डी आमा समुहका अध्यक्ष एन्जीला शाहीको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथिी नेकपा एमाले हरीनास गाउँपालिकाका सचिव ईन्द्र रुचाल समाजसेवी टेक बहादुर शाही ,दिर्घसिङ राना लगायतकाले मन्तव्य राखेका थिए ।
युवा समाजसेवी संगम शाही ठकुरीले कार्यक्रमको सञ्चालन गरेका थिए भने पोशाक ग्रहण पछि महिला हरुले खुशी व्यक्त गर्दै गाउँपालिकालाई धन्यवाद गरेका थिए ।



























प्रतिक्रिया लेख्नुहोस्:-