२०८३ साउन १९, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

१४ वर्षपछि लेखिएको स्वर्ण अक्षर

२० औं आहारारा गोल्डकप (तस्वीर लोकेन्द्र मानन्धर)

गण्डकी प्रेस
माघ १५, २०७८ २०:०४ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
१४ वर्षपछि लेखिएको स्वर्ण अक्षर
9
SHARES
Share on FacebookShare on Twitter

विजय नेपाली

मनाङले पोखरामा फेरी एकपटक आफ्नै किर्तिमानी भंग गर्दै नयाँ किर्तिमानी रच्नबाट ५ मिनेटको समयमात्र बाकि थियो । पोखरा रंगशाला फुटबल मैदानमा एपिएफ क्लब र मनाङ मस्र्याङदी क्लबबीच फाइनल खेल चलिरहेको थियो ।

एपिएफले खेलको पहिलो हाफमा नै अग्रता लिदैँ अघि बढेपछि खेल १–० मै सकिन्छ की भन्ने एक मन सबैलाई लागेको थियो । तर मनाङ मस्र्याङदी जसका लागि पोखरा सद्यैँ भाग्यमानी ठहर हुँदै आइरहेको छ ।

शनिबार पनि भाग्यमानी सावित हुँदाहुँदै फेरी खेल सकिन लाग्दा त्यो खोसियो । निकै रोमाञ्चक खेलको दोस्रो हाफमा एपिएफ माथि एकाएक हाबी हुँदै पुनरागमन अग्रता लिएको मनाङ निर्धारित समय सकिएलगत्तै थप गरिएको अतिरिक्त समयमा सम्हालिन नसक्दा अन्ततः किर्तिमानी कायम गर्नबाट चुकेको छ ।

७ औँ पटक आहारारा गोल्डकपको उपाधी उचाल्दै सर्वाधिक च्याम्पियनको किर्तिमानी कायमै राख्ने मनाङको यात्रामा एपिएफ बाधक बन्यो । तर बाधा नबनोस पनि कसरी ? एपिएफलाई किर्तिमानी रोक्दै इतिहास रच्न थियो आहारारा गोल्डकपको च्याम्पियन बन्दै ।

सहारा क्लब पोखराको आयोजनामा भएको २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगिताको दुई दशकको यात्रामा पहिलो पटक एपिएफले आफ्नो नाम लेखाउन सफल भएको छ । निरन्तर दुई दशकको यात्रामा बल्ल च्याम्पियन बनेको हो ।

२०६४ सालको छैटौं आहा गोल्डकपको फाइनलमा पुगेको एपिएफले १४ वर्षपछि आहारारा गोल्डकपको उपाधी उचाल्दै इतिहास रचेको छ । अग्रता लिएर पनि गुमाइसकेको खेललाई बराबरीमा ल्याउँदै पेनाल्टीमा भाग्यमानी सावित हुँदा च्याम्पियनमा आफ्नो नाम लेखाउन सफल भएको हो ।

सर्वोत्कृष्ट खेलाडीको उपाधी एपिएफका राजनलाई
एपिएफका डिफेन्डर राजन गुरुङ २० औं आहारारा गोल्डकप फुटबल प्रतियोगितको सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । उनले अप्रिला स्कुटर प्राप्त गरे । उनले उत्कृष्ट डिफेन्डर समेत चुनिदै नगद २५ हजार रुपैँयाको साथमा ट्रफि हात पारे ।
विधागत पुरस्कार तर्फभने एपिएफको वर्चस्व रह्यो । उत्कृष्ट फरवार्ड मनाङका आफिज ओलावाले घोषित भए । यस्तै एपिएफका रवि थिसिङ उत्कृष्ट मिडफिल्डर र उच्च गोलकर्ता, उत्कृष्ट गोलरक्षक एपिएफकै कुरियामा युया र उत्कृष्ट प्रशिक्षक कुमार थापा घोषित भए । उनीहरुले समान २५÷२५ हजार रुपैँयाको साथमा ट्रफि हात पारे ।

मनाङ मस्र्याङदीलाई टाइब्रेकरमा ५–४ ले हराउँदै पहिलो पटक उपाधी उचालेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनल खेलको निर्धारित ९० मिनेटको खेल २–२ गोलको बराबरीमा सकिएको थियो ।

थप गरिएको अतिरिक्त ३० मिनेटमा समेत गोल हुन नसकेपछि खेल टाइब्रेकरमा धकेलिएको हो । उपाधी संगै एपिएफले नगद १० लाख रुपैँया प्राप्त गरेको छ । उपविजेता मनाङले ५ लाख रुपैँया प्राप्त गरेको छ ।

टाइब्रेकरमा एपिएफका कप्तान नविन लामा,सनिस श्रेष्ठ,रवि थिङ, मनि लामा र अर्मन्ड वेडोमले गोल गरे । मनाङका लागि फ्रेन्कलिन कुते, दयानन्द सिंह, शिव गुरुङ र रुपेश केसीले गोल गरे । ओलावालेको प्रहारलाई भने एपिएफका गोलरक्षक कुरियामा युयाले रोक्दै उपाधी दिलाए ।

पहिलो हाफमा अग्रता लिएको एपिएफले अग्रता जोगाउन नसक्दा जितका लागि टाइब्रेकरको सहारा लिन परेको हो । एपिएफले खेलको २१ औं मिनेटमा गोल गर्दै अग्रता लियो । अर्मन्ड वेडोमको पासमा युवराज खड्काले गोल गरे ।

मनाङले खेल सुरु भएको दोस्रो मिनेटमानै अग्रता गर्नबाट चुक्यो । ओलावालेको प्रहारमा गोलरक्षक कुरियामा युयाले बचाउ गरे ।
खेलको ५ औं मिनेटमा अर्मन्डको हेड प्रहार बाहिरीदाँ गोल गर्नबाट चुक्यो । १३ औं मिनेटमा मनाङका प्रवेश कुवँरको फ्रिकिक प्रहार बाहिरियो ।

२४ औं मिनेटमा अर्मन्डको हेडरमा गोलरक्षक अशोक बराल बाधक बन्दा अग्रता दोब्बर पार्नबाट चुक्यो ।३० औं मिनेटमा ओलावालेको हेडर गोलरक्षक युयाले बचाउँ गर्दा मनाङको बराबरी गर्ने अवसर गुम्यो । ३३ औं मिनेमा मनाङले बराबरी गर्ने अवसर खेर फाल्यो । राजेश परियारको फ्रिकिक प्रहार क्रसबार नजिकैबाट बाहिरीयो ।

ह्यान्डबलको अपिल गरेपनि रेफ्रिले कुनै प्रतिक्रिया दिएनन् । ४० औं मिनेटमा नविन लामाले क्रस गरेको बलमा डिफेन्डर अदित्य चौधरीको हातमा लाग्न पुगेको थियो । उनी घाइते हुन पुगे उनको हातमा चोट लागेको थियो । उनलाई गम्भिर चोट लागेपछि अस्पताल लगिएको छ ।

१ गोलले पछि परेको मनाङले दोस्रो हाफको ६७ औं मिनेटमा दयानन्द सिंहको गोल मार्फत खेलमा फर्कियो । सरोज योञ्जन र कप्तान विमल रानाको तालमेलमा विमलले कटाएको बलमा उनले उत्कृष्ट गोल गरे ।

खेलको ८४ औं मिनेटमा फ्रन्कलिन कुतेले हेडमार्फत गोल गर्दै पुनरागमन अग्रता लियो । एपिएफका डिफेन्डर राजन गुरुङले दयानन्दलाई तानेल लडाएपछि फ्रिकिकको अवसर प्राप्त गरेको थियो । विश्व अधिकारीले प्रहार गरेको फ्रिककमा कुतेले उत्कृष्ट गोल गरे ।

७ औं पटकको किर्तिमानी कायम गर्न ४ मिनेटमात्रै बाकिँ रहँदा एपिएफका रवि थिङले गोल गर्दै खेल बराबरीमा ल्याए । निर्धारित ९० मिनेटको खेलमा थप गरिएको ५ मिनेटको पहिलो मिनेटमा उनले गोल गर्दै बराबरी गरे ।

खेलमा थप गरिएको अतिरिक्त समयमा दुबै टोलीले गोल गर्न नसकेपछि खेल टाइव्रेकरमा धकेलिएको थियो । यस अघि छैटौं आहा गोल्डकप २०६४ को फाइनलमा एपिएफ नेपाल पुलिस क्लबसंग २–० गोलको हार व्यहोर्दै उपाधीबाट बञ्चित भएको थियो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ

गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ

गण्डकी प्रदेशका पहाडी र हिमाली जिल्लामा हिमपात र वर्षाको सम्भावना

आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना

नदीमा डुबेर विद्यार्थीको मृत्यु प्रकरण: अनिश्चितकालीन निषेधाज्ञा जारी

नदीमा डुबेर विद्यार्थीको मृत्यु प्रकरण: अनिश्चितकालीन निषेधाज्ञा जारी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

अर्थमन्त्रीले भोली संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने, नियमावली निलम्बनको तयारी

पर्यटन क्षेत्र समेत बिस्तारै लयमा आएको छः अर्थमन्त्री

१७ औं संस्करणको लेखनाथ महोत्सव माघ १३ देखि

१७ औं संस्करणको लेखनाथ महोत्सव माघ १३ देखि