२० औ आहारारा गोल्डकप फुटबल प्रतियोगिताको पहिलो सेमिफाइनल खेलको पहिलो हाफमा एपिएफ र मछिन्द्रले १–१ गोलको बराबरी खेलेको छ ।
खेलको २५ औ मिनेटमा एपिएफका सन्तोष श्रेष्ठले हेडमार्फत गोल गर्दै १–० को अग्रता लिएपनि जोगाउन नसक्दा बराबरी खेल्न बाध्य भएको हो ।
मछिन्द्रका डिफेन्डर छिरिङ गुरुङले मनि लामालाई लडाएपछी फ्रीकिकको अवसर प्राप्त गरेको थियो । मनिले नै प्रहार गरेको फ्रीकिकमा सन्तोषले उत्कृष्ट गोल गरे ।
मछिन्द्रलेपनि ३९ औं मिनेटमा फ्रिकिकमा हेडर मार्फत गोल ग¥यो । कप्तान रन्जित धिमालले प्रहार गरेको फ्रिकिकमा ओमोलाजा नुरिनले हेड मार्फत गोल गरे । छिरिङ गुरुङको थ्रिबललाई मेस्सुके ओलुमोले चेष्ट लिने प्रयास गर्दा सविन थापाले लडाउँदा फ्रिकिको अवसर प्राप्त गरेको थियो ।
चौथो मिनेटमा मछिन्द्रका मथनिएल जुडे ब्राकियाको प्रहार दोस्रो बार नजिकै बाट बाहिरियो । उत्सव राईले सेन्टरलाइन बाट बिट गर्दै अघि बढाएको बल अभिषेक रिजाललाई पास दिदा उनले गरेको क्रसपासलाई क्लियर गर्ने क्रममा अडम्बा डोम्बियाले हेड गरेको बलमा मठनियलले प्रहार गरेका थिए ।
छैटौ मिनेटमा एपिएफका अर्मन्ड बेडुमले २ डिफेडरलाई बिटगर्दै गरेको प्रहार पोस्टबार नजिकैबाट बाहिरियो ।
१९ औ मिनेटमा प्रदिप लामाले पेनाल्टी क्षेत्रबाट गरेको प्रहारलाई मछिन्द्रका गोलरक्षकले उत्कृष्ट बचाउ गरे । अर्मन्डको पासमा लामाले गोल गर्ने अवसर खेर फाले ।
पहिलो हाफको मध्यान्तरको सिठि बजेपछि भने मैदानमा खेलाडीहरुले विवाद गरे । विवादकै कारण खेलाडी तथा म्यानेजरले पहेँलो कार्ड समेत पाए ।
'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।
गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८
प्रतिक्रिया लेख्नुहोस्:-