कोरोना महामारीका कारण दर्शक विना खेलाइएको २० औं आहा ! रारा गोल्डकप फुटबल प्रतियोगितामा बुधबार देखी दर्शकलाई प्रवेश दिइने भएको छ ।
क्वाटरफाइनल खेलसम्म दर्शक प्रवेश रोक लगाइएको प्रतियोगितामा सेमिफाइनल खेलबाट भने दर्शक प्रवेश गराउने क्लबका अध्यक्ष रामजी प्रसाद अधिकारीले जानकारी दिए । प्रतियोगिताका लागि टिकट दर भने ३ सय रुपैँया कायम गरिएको छ ।
प्रतियोगिताको पहिलो सेमिफाइनल खेल मछिन्द्र फुटबल क्लब र एपिएफ क्लब बिच हुनेछ भने दोस्रो सेमिफाइनल खेल मनाङ मस्र्याङदी क्लब र थ्रिस्टार तथा आर्मी क्लब बिच भएको खेलको विजेता विच हुनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-