पोखरा,
सहारा क्लब पोखराको आयोजनामा जारी २० औं आहा रारा गोल्डको अन्तिम क्वाटरफाइनलमा थ्रिस्टार क्लब र त्रिभुवन आर्मी क्लबले पहिलो हाफ बराबरी खेलेका छन् ।
पोखरा रंगशाला स्थित फुटबल मैदानमा भएको अन्तिम क्वाटरफाइनलको सुरुवात देखी आर्मीनै थ्रिस्टारलाई निकै दबाबमा राख्यो । आर्मीले पटक पटक अवसर प्राप्त गरेपनि गोल गर्नभने सकेन ।
खेलको छैटौं मिनेटमा डोना थापाको पासमा घनेफो अन्सुमना क्रोमहले भेट्न खोजेपनी आर्मीका गोलरक्षक विकेश कुथुले अघि बढ्दै क्लियर गरे । खेलको ७ औ मिनेटमा आर्मीका प्रीन्स कार्कीले गोल गर्ने अवसर खेर फाले ।
उनले वान भर्सेस वानको अवस्थामा प्रहार गरेको बल गोलरक्षक ग्लुमे प्रीसोले बचाउ गरे । लगत्तै ८ औ मिनेटमा अर्को अवसर खेर फाले । डिफेन्स लाइनबाट आएको बललाई उनले नियन्त्रणमा लिदै अघि बढाएपनी रफेल बिडिस रिमले क्लियर गरे ।
१३ औ मिनेटमा दिपक गुरुङको लामो थ्रोइन गोल पोस्ट नजिकै पुग्दा कप्तान भरत खवासले भेट्न सकेनन । २२ औ मिनेटमा डोना थापाको लामो प्रहार पोष्ट नजिकैबाट बाहिरियो ।
४२ औ मिनेटमा प्रिन्स कार्कीको फ्रिकिक प्रहार गोलरक्षक प्रिसोले उत्कृष्ट बचाउ गरे । निकै आक्रमक खेल प्रदर्सन गरेको आर्मी विरुद्ध थ्रिस्टारले काउन्टर अट्याकको खोजीमा रह्यो ।
प्रतिक्रिया लेख्नुहोस्:-