पोखरा १० माघ । यही माघ १५ गते छैटौं मिस तामाङ्ग पोखरा–२०२२ को ग्य्राण्ड फिनाले कार्यक्रम पोखरामा भर्चुअल माध्यमबाट सम्पन्न हुने भएकोछ । पोखराको लेकसाईड स्थित बिजी बि. रिसोर्टमा सम्पन्न हुन लागेको उक्त कार्यक्रमको प्रत्यक्ष प्रसारण न्यूज नेपाल टेलिभिजन एच.डी.ले गर्ने भएकोछ ।
तामाङ्ग जातिहरुको नयाँ वर्ष एवं महानपर्व सोनाम ल्होसारको अवसर पारेर तामाङ्ग समुदायको गुम्बा निर्माण सहयोगार्थ उक्त कार्यक्रम गर्न लागिएको बैदाम तामाङ्ग सेवा समाजका अध्यक्ष ज्याक तामाङ्गले जानकारी दिएकाछन् ।
पछिल्लो दिनमा कोभिड–१९ को नयाँ भेरियन्ट ओमिक्रोनको संंक्रमण बढेसंगै भिडभाड हुने कार्यक्रमहरुमाथि सरकारले प्रतिवन्ध लगाएका कारण उक्त कार्यक्रम भर्चुअल माध्यमबाट गर्न लागिएको आयोजक पक्षले जनाएकोछ । तामाङ्ग जातिहरुको नयाँवर्ष बाघवर्गको शुरुवात हुने सोनाम ल्होसारको अवसरमा छैटौं मिस तामाङ्ग पोखरा–२०२२ को ग्य्राण्ड फिनाले कार्यक्रमका साथै तामाङ्ग जातिको परम्परा र संस्कृति झल्किने खालका कार्यक्रमहरु गर्नेगरी तैयारी भईरहेको आयोजक पक्षले जनाएकोछ ।
प्रतिक्रिया लेख्नुहोस्:-