२०८३ अशोज ६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखरामा ठगीको नयाँ धन्दा ! ग्लोबलको ‘नेटवर्किङ व्यापार’

बिजय नेपाली
पुस ११, २०७८ १९:५७ मा प्रकाशित
अपराध, अर्थ, प्रमुख समाचार, समाचार
पोखरामा ठगीको नयाँ धन्दा !  ग्लोबलको ‘नेटवर्किङ व्यापार’
123
SHARES
Share on FacebookShare on Twitter

पोखरामा केही समय अघि जागिर लगाइदिने भन्दै करोडौँ रुपैँया ठगि गरिएको थियो । जागिर मिलाउने नाममा सयौं युवालाई २ हजार ५ सयको दरले लिदैँ रसिद दिँदै जागिर मिलाइदिने भन्दै ठगि गरेको आरोपमा एक जना पक्राउ परेका थिए ।

पोखरामा अहिले निकै चलाखीको ठगि धन्दा चलिरहेको छ । जहाँ कम्पनीमा लगानी गर्न पाइन्छ त्यसको प्रमाण केहि हुँदैन । उल्दै अन्य व्यक्तिलाई ल्याएमा बोनस पाउँने आशा देखाइन्छ । दुःख गर्न पर्दैन भनिन्छ । रकम त तिरिन्छ तर तिरेको भन्ने कुनै प्रमाण फेला पारिँदैन । सबै काम पैसाबाटै हुन्छ ।

भारतमा व्यापक रुपमा रहेको ‘नेटवर्किङ व्यापार’को पोखरामा समेत सुरुआत भएको छ । काठमाडौंको बालाजुमा मुख्य कार्यालय स्थापना गरेर खोलिएको ‘ग्लोबल ओरियन्स नेपाल प्रा.लि’ ले खाद्य पुरक बस्त्ु र कस्मेटीक उत्पादनहरुको आयात तथा निर्यात कोरोबार गर्ने इजाजत पाएको छ ।

पोखरामा भने कम्पनीको काम नै अर्को छ । जागिरको खोजिमा रहेका युवाहरुलाई सुरुमा जागिर दिने प्रलोभनमा पारिन्छ
पछि थोरै लगानी गरे धेरै मुनाफा हुने ठूलो आशा देखाइन्छ ।

पोखरामा ग्लोबल कम्पनीले ‘नेटवर्किङ व्यापार’ मात्रै होइन् कम्पनी विपरितका सामान बेच्दै आएको भेटिएको छ । कम्पनीले स्वास्थ्य सम्बन्धी औषधी देखाएर ठगि गर्दै आइरहेका छन् ।

कम्पनीबाट ठगिने मध्येका एक हुन धादिङका सुजय तामाङ । उनले १ लाख १५ हजार रुपैँया लगानी गरेको ८ महिना वितिसक्यो । कम्पनीले लगानी गरे बोनस आउने र मासिक रुपमा थोरैमा पनि १० हजार कमाउने बताएपछि उनले लगानी गरेका थिए ।

साना कदका भरर्खरै १८ वर्ष पुगेका उनी कालिका बहुमुखी क्याम्पसमा व्यवस्थापन संकाय पढिरहेका छन् । मुना गुरुङ मार्फत उक्त कार्यालयमा जोडिएका उनी फसिन्छन् भन्नेनै लागेको थिएन् ।

अहिले भने उनले पैसाको आश मारिसकेका छन । उनलाई कम्पनी गैरकानुनी रहेका कारण आफूहरुलाई समेत कारवाहि हुने हो की भन्ने चिन्ताले चुप बसेपनि कम्पनीको विरुद्धमा केहि पीडित सार्वजानिक भएपछि उनीपनि खुलेर बोलेका छन् ।

‘ पैसाको त आश नै मरिसक्यो । अब यस्तो कसैलाई पनि नहोस’ उनले भने,‘घरबाट मागेर ल्याएको हुँ पढन बसेको छु कसरी कमाउने र पढ्ने भएको अवस्थामा उल्टै फसिन पुगे । ’

म पनि पढाइकै शिलशिलामा लम्जुङ दुधपोखरी गाउँपालीका देखि आएका विक्रम वि.क को परिवारको आर्थिक अवस्था निकै दयनीय छ । खेती किसानी गरेर जीविकोपार्जन गर्दै आएको परिवारको छोरा पढ्नका लागि पोखरा झरेपछि कामको खोजीमा थिए ।

‘पढ्नका लागि मलाई कामको खाँचो थियो । पढाइकै शिलशिलामा कम्पनीमा जोडिन पुगेँ’ उनले भने,‘आमा बुबाले किसानी काम गर्छन १३ हजार रुपैँया पठाइदिनु भएको थियो ।’ उनले बुबाआमाले १३ हजार रुपैँया के गरिस भनेर प्रश्न गर्दा कुनै जवाफ नरहेको उनी बताउँछन् ।

उनी जस्तै रुमी मगर समेत कम्पनीबाट ठगिएकी छिन् । आर्थिक अवस्था कम्जोर रहेको उनले ऋण गरेर कम्पनीमा १३ हजार रुपैँया लगानी गरिन् ।

फाइदा हुने र जागिर पाउने आसले जोडिएकी उनले आफ्नो माध्यबाट सुमी तामाङलाई पनि कम्पनीमा ल्याइन् । सुमीले ३५ हजार रुपैँया लगानी गरिन् । उनले पनि निशा नेपालीलाई ल्याइन् ।

निशाले १३ हजार रुपैँया लगानी गरिन् यसरी नै निशाले प्रकृति परियार र प्रकृतीले एलिशालाई कम्पनीमा जोडिन् । काम गरेको झण्डै १ वर्ष पुग्दा समेत तलब नपाएपनि उनीहरु ठगिएको भन्ने थाहा पाए ।

प्रहरी स्रोतका अनुसार भने यो नेटवर्किङ विजनेस नै देखिएको छ । जाहेरी दर्ता भएमा ठुलो मात्रामा सलग्न रहेका व्यक्ति पक्राउ गर्न सकिने स्रोत बताउछ ।

उता पोखरामा कम्पनीकै प्रतिनिधि रहेका विजय गुरुङले भने नयाँबजार कम्पनीको समन्वय र स्विकृतमा नरहेको बताएका छन् । उनले आफूहरुमात्रै पोखरामा रहेको र नयाँबजार शाखाले कसरी काम गरिरहेको थाहा नभएको बताए ।

यस्मा आफूहरुले कसैलाई नठगेको उनले बताए । तर पनि गैरकानूनी रुपले कप्पनी चलिरहेको देखिएको छ । कम्पनी कानून सम्बत रुपमा चलेको १ वर्ष भएको उनले जानकारी दिए ।

कम्पनीबाट ठगिएको भन्दै सुमित्रा लामा, निशा थापा मगर, रुमी मगर, लक्ष्मी हिताङ र सुजय तामाङले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय कास्कीमा आवश्यक कारवाही गरी पाउँ भनी कम्पनीका सञ्चालक बसन्त पण्डित सहित ईश्वर नेपाली र विजय गुरुङ विरुद्ध निवेदन दिएका छन् । उनीहरु बाहेक राजु नेपाली भने पीडितहरुको सम्पर्कबाट टाढिएका छन् ।

सम्बन्धित समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित
प्रमुख समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक
अर्थ

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ
प्रमुख समाचार

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ
अपराध

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक
प्रमुख समाचार

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

चर्चित खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

बुद्धको मूर्ति चोरी

बुद्धको मूर्ति चोरी

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL