कास्कीमा ठुलो मात्रामा अमेरीकी डलर सहित एक जना पक्राउ परेका छन् । मुस्ताङ लो– घेकर दामोदर कुण्ड घर भई पोखरा ९ शिवालयचोक बस्दै आएका छिरिङ डुन्डु शेर्पालाई कास्की प्रहरीले पक्राउ गरेको हो ।
४२ वर्षिय शेर्पाको साथबाट चेकजाँच गर्ने क्रममा १ लाख ९४ हजार २ सय अमेरिकी डलर अर्थात २ करोड ३२ लाख ६ हजार ९ सय नेपाली रुपैँया, एक थान चेक र २ थान मोबाइल बरामद गरेको हो ।
काठमाण्डौँबाट बसमा पोखरा आउँदै गरेका उनलाई चेकजाचँ गर्ने क्रममा ठुलो मात्रामा अमेरिकी डलर भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी उपरिक्षक रमेश थापाले जानकारी दिए । घटनाबारे थप अनुसन्धान भइराखेको उनले जानकारी दिए ।





























प्रतिक्रिया लेख्नुहोस्:-