२०८३ साउन १८, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

बिमल रंगमञ्चमा जब ‘चरणदास चोर’ लिएर पुगे…

गण्डकी प्रेस
मंसिर ९, २०७८ १०:०९ मा प्रकाशित
प्रमुख समाचार, समाचार, साहित्य/मनोरञ्जन
बिमल रंगमञ्चमा जब ‘चरणदास चोर’ लिएर पुगे…
24
SHARES
Share on FacebookShare on Twitter

विनिता सुनार,

झण्डै २ बर्षको कोरोना कालपछि पोखरा थिएटरमा नाटक ‘चरणदास चोर’ मञ्चन भइरहेको छ । धेरेलाई लाग्न सक्ला नाटक मञ्चन हुनु नौलो कुरा त होइन नी भनेर तर, त्यसो कदापी होइन् ।

नाटक निमार्णकै लागि छुट्टै कथा छ वेदना छ । जुन कुरा त्यहाँका हरेक कलाकारसंग जोडिएको छ । चाहे त्यो पर्दामा देखिने कलाकार होस् या पर्दापछाडी रहेका कलाकार ।

हो, कोरोना महामारीले सिथिल क्षेत्रमध्ये मनोरञ्जनको क्षेत्रपनि एक हो । उसो त झन रंगकर्मीका लागि दुई वर्ष जेलमै परेको अनुभव भइरहेकै थियो ।

जब कोरोना विस्तारै निर्मुल तर्फ जादैँ थियो तब, रंगमञ्चमा कलाकारहरुको जमात हुन थाल्यो । र प्रश्न उठ्न थाल्यो अब कुन नाटक आउँछ ? हुनपनि कलाकारको आम्दानी राम्रो हुदैँन ।

कसैले निर्देसित गरेको कथामै उनीहरुले कला देखाउने हुन् । पोखरामा भने कलाकारहरुले नयाँ सोच राखे सबै मिलेर जति उठाउन सकिन्छ उठाउने अनि नाटक तयार पार्ने । सबैले रकम उठाए निर्देसन देखि नेपथ्यसम्मको यात्रा सबैका लागि नयाँपन थियो ।

कलाकार बन्ने सोच रहेका निश्चल विमलले पहिलो पटक निर्देसन गरे । मंसिर १ देखि १४ गतेसम्म हरेक दिन बेलुका ५ बजे र शनिबार अतिरिक्त शो १ बजे पोखरा नाटक घरमा मञ्चन भइरहेको छ ।

पोखरामा रहेर रंगमञ्चीय गतिविधिमा संलग्न भएका स्वतन्त्र रंगकर्मीहरुको सामूहिक प्रयासमा नाटक निर्माण गरिएको नव निर्देशक निश्चल बिमलले बताए ।

‘पोखरामा नाटकलाई पुर्न: जागरण गर्ने उद्देश्यले रंगमञ्चमा आबद्ध कलाकारहरुको सामूहिक लगानीमा नाटक ‘चरणदास चोर’ मञ्चन गरिएको हो’ उनले भने, ‘हाम्रो उद्देश्य भनेकै दर्शकलाई नाटकघरसम्म ल्याउनु हो ।’

रेनेसा थिएटरको प्रस्तुतिमा प्रस्तुत भएको नाटक ‘चरणदास चोर’ लाई भारतका प्रख्यात नाट्य निर्देशक, कलाकार हबिव तनविरले १९७५ मा लेखेका हुन् । जसको नेपाली अनुवाद नाट्य निर्देशकतथा रंगकर्मी आशान्त शर्माले गरेका हुन् ।

‘चरणदास चोर’ एउटा इमान्दार चोरको कथा हो । नाटकमा हास्यव्यंग्यसँगै संम्वेदनाहरु पनि जोडिएका छन् । दर्शकलाई रुवाउन र हसाउन एकदम अब्बल नाटक भएकाले पनि आफुले उक्त नाटकलाई राजेको उनको भनाई छ ।

पहिलो पटक निर्देसन गरेकै कारण उनको मनमा डर उत्पन्न हुनु स्वभाविक थियो । जब मंसिर १ गतेदेखि नाटक सुरु गरियो दर्शकको उपस्थिति बढ्न थाल्यो पछि आफु निर्देसन गर्न सक्नेमा विश्वत रहेको सुनाए ।

‘ मेहनतमा पनि भर पर्ने रहेछ । साथिहरुले दिनरात नभनि गरेको मेहनतलाई दर्शकको साथले उत्साहित बनाएको छ । आखिर गर्ने त रंगकर्म नै हो, काठमाडौ गरेपनि पोखरामा गरेपनि,’ उनले थपे ।

रंगमञ्चमा भविष्य खोज्ने कलाकारको मेहनतलाई हेर्न आउने कल्चर अझै कम भएको हो कि भन्ने बिमलको बुझाई छ । अब यसलाई उठाउनु पर्छ भन्ने हिसाबले रेनेसा थिएटरको सुरुवात गरेको उनले बताए ।

‘पोखरामा कलाकारलाई कलाकारिता गरेर मात्र बाच्न गाह्रो छ, भविष्यमा कलाकारले अरु कुनै प्रोफेशन खोज्न नपरोस भन्नु नै हामी कलाकारहरुको मुल उद्देश्य हो,’ उनले भने, ‘हिजोमात्रै घनश्याम लामिछाने सरले भन्नुभयो ‘मलाई यो पोखरामा हेरेको नाटक जस्तो लागेन । यसको मतलब अब पोखरामा पनि रंगमञ्चले एउटा नेक्ट्स लेभल खोजि रहेको छ भन्ने हो । उहाँले भन्दै गर्दा सायद हामीले मोफसलमा बसेर काम गरिरहेका छौ भन्दापनि रंगकर्म गरिरहेका छौ भन्ने कुरामा हामी विश्वस्त हुन पाइन्छ कि,’ उनले भने ।

नेपथ्य देखि लिएर स्टेजसम्म नाटकमा ३१ जनाको टिम छ । नाटकमा शरद, ध्रुवराज पौडेल, सरोज तिवारी, रोशनी रामदाम, सुमन तिमिल्सिना, उज्जवलराज ढकाल, गौरव पौडेल, रमेशबाबु तिमिल्सिेना, मनोज सुनार, एम.डी काफ्ले, नौर क्षेत्री, सुशील बराल, आदित भुजेल, बिवेक मन, एलिसा विक, सुबिना श्रेष्ठ, रोशनी श्रेष्ठ, सरजन थापा, अमृत घिमिरे, प्रतिक रावत, सुरज नेपाली रहेका छन् भने नेपथ्यमा प्रमिला तुलाचन, परिवर्तन, अन्जु दाहाल, लक्ष्मण डुमे्र, प्रेम के.सी, समिर क्षेत्री, बिष्णुराज तिमिल्सिना, नवराज गिरी, सुमन भण्डारी लगायतरहेका छन् । (तस्वीर सामाजिक संजालबाट)

यो त भयो चरणदास चोरमा पुगेको कथा अब जाऔँ बिमल तर्फ….

बिमलको रंगमञ्चयात्रा :

सानै देखि अरुकालागि प्रेरणा बन्नु पर्छ भन्ने स्वभावका थिए बिमल । सिने जगतमा राजेश हमालको चर्चा हुदाँ बिमललाई पनि चर्चित बन्ने हुँटहुटी थियो । उनको मनमा कलाकार बनियो भने चिनिँदो रहेछ भन्ने लाग्थ्यो, तर अहिले नामले भन्दा पनि कामले चिनिनुमा उनी विश्वास गर्छन् ।

राजेश हमाल जस्तै अभिनय गरेर सिनेमा जगतमा चर्चित हुने बिमलको सपना अचानक रंगमञ्चसँग जोडिन पुग्यो । जब उनी रंगमञ्चमा छिरे उनलाई त्यहाँबाट निस्कन मनै लागेन । बिमलले हालसम्म बादलीको छेऊ, अ प्लेस इनमाई हार्ट, निरमाया, बाकस, तिर्खा लगायत अन्य थुप्रै नाटकमा अभिनय गरिसकेका छन् ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ

गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ

गण्डकी प्रदेशका पहाडी र हिमाली जिल्लामा हिमपात र वर्षाको सम्भावना

आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना

नदीमा डुबेर विद्यार्थीको मृत्यु प्रकरण: अनिश्चितकालीन निषेधाज्ञा जारी

नदीमा डुबेर विद्यार्थीको मृत्यु प्रकरण: अनिश्चितकालीन निषेधाज्ञा जारी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

पोखरा ३३ मा कांग्रेसका रामचन्द्र अधिकारी विजयी

अर्थमन्त्रीले भोली संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने, नियमावली निलम्बनको तयारी

पर्यटन क्षेत्र समेत बिस्तारै लयमा आएको छः अर्थमन्त्री

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL