विनिता सुनार,
झण्डै २ बर्षको कोरोना कालपछि पोखरा थिएटरमा नाटक ‘चरणदास चोर’ मञ्चन भइरहेको छ । धेरेलाई लाग्न सक्ला नाटक मञ्चन हुनु नौलो कुरा त होइन नी भनेर तर, त्यसो कदापी होइन् ।
नाटक निमार्णकै लागि छुट्टै कथा छ वेदना छ । जुन कुरा त्यहाँका हरेक कलाकारसंग जोडिएको छ । चाहे त्यो पर्दामा देखिने कलाकार होस् या पर्दापछाडी रहेका कलाकार ।
हो, कोरोना महामारीले सिथिल क्षेत्रमध्ये मनोरञ्जनको क्षेत्रपनि एक हो । उसो त झन रंगकर्मीका लागि दुई वर्ष जेलमै परेको अनुभव भइरहेकै थियो ।
जब कोरोना विस्तारै निर्मुल तर्फ जादैँ थियो तब, रंगमञ्चमा कलाकारहरुको जमात हुन थाल्यो । र प्रश्न उठ्न थाल्यो अब कुन नाटक आउँछ ? हुनपनि कलाकारको आम्दानी राम्रो हुदैँन ।
कसैले निर्देसित गरेको कथामै उनीहरुले कला देखाउने हुन् । पोखरामा भने कलाकारहरुले नयाँ सोच राखे सबै मिलेर जति उठाउन सकिन्छ उठाउने अनि नाटक तयार पार्ने । सबैले रकम उठाए निर्देसन देखि नेपथ्यसम्मको यात्रा सबैका लागि नयाँपन थियो ।
कलाकार बन्ने सोच रहेका निश्चल विमलले पहिलो पटक निर्देसन गरे । मंसिर १ देखि १४ गतेसम्म हरेक दिन बेलुका ५ बजे र शनिबार अतिरिक्त शो १ बजे पोखरा नाटक घरमा मञ्चन भइरहेको छ ।
पोखरामा रहेर रंगमञ्चीय गतिविधिमा संलग्न भएका स्वतन्त्र रंगकर्मीहरुको सामूहिक प्रयासमा नाटक निर्माण गरिएको नव निर्देशक निश्चल बिमलले बताए ।
‘पोखरामा नाटकलाई पुर्न: जागरण गर्ने उद्देश्यले रंगमञ्चमा आबद्ध कलाकारहरुको सामूहिक लगानीमा नाटक ‘चरणदास चोर’ मञ्चन गरिएको हो’ उनले भने, ‘हाम्रो उद्देश्य भनेकै दर्शकलाई नाटकघरसम्म ल्याउनु हो ।’
रेनेसा थिएटरको प्रस्तुतिमा प्रस्तुत भएको नाटक ‘चरणदास चोर’ लाई भारतका प्रख्यात नाट्य निर्देशक, कलाकार हबिव तनविरले १९७५ मा लेखेका हुन् । जसको नेपाली अनुवाद नाट्य निर्देशकतथा रंगकर्मी आशान्त शर्माले गरेका हुन् ।
‘चरणदास चोर’ एउटा इमान्दार चोरको कथा हो । नाटकमा हास्यव्यंग्यसँगै संम्वेदनाहरु पनि जोडिएका छन् । दर्शकलाई रुवाउन र हसाउन एकदम अब्बल नाटक भएकाले पनि आफुले उक्त नाटकलाई राजेको उनको भनाई छ ।
पहिलो पटक निर्देसन गरेकै कारण उनको मनमा डर उत्पन्न हुनु स्वभाविक थियो । जब मंसिर १ गतेदेखि नाटक सुरु गरियो दर्शकको उपस्थिति बढ्न थाल्यो पछि आफु निर्देसन गर्न सक्नेमा विश्वत रहेको सुनाए ।
‘ मेहनतमा पनि भर पर्ने रहेछ । साथिहरुले दिनरात नभनि गरेको मेहनतलाई दर्शकको साथले उत्साहित बनाएको छ । आखिर गर्ने त रंगकर्म नै हो, काठमाडौ गरेपनि पोखरामा गरेपनि,’ उनले थपे ।
रंगमञ्चमा भविष्य खोज्ने कलाकारको मेहनतलाई हेर्न आउने कल्चर अझै कम भएको हो कि भन्ने बिमलको बुझाई छ । अब यसलाई उठाउनु पर्छ भन्ने हिसाबले रेनेसा थिएटरको सुरुवात गरेको उनले बताए ।
‘पोखरामा कलाकारलाई कलाकारिता गरेर मात्र बाच्न गाह्रो छ, भविष्यमा कलाकारले अरु कुनै प्रोफेशन खोज्न नपरोस भन्नु नै हामी कलाकारहरुको मुल उद्देश्य हो,’ उनले भने, ‘हिजोमात्रै घनश्याम लामिछाने सरले भन्नुभयो ‘मलाई यो पोखरामा हेरेको नाटक जस्तो लागेन । यसको मतलब अब पोखरामा पनि रंगमञ्चले एउटा नेक्ट्स लेभल खोजि रहेको छ भन्ने हो । उहाँले भन्दै गर्दा सायद हामीले मोफसलमा बसेर काम गरिरहेका छौ भन्दापनि रंगकर्म गरिरहेका छौ भन्ने कुरामा हामी विश्वस्त हुन पाइन्छ कि,’ उनले भने ।
नेपथ्य देखि लिएर स्टेजसम्म नाटकमा ३१ जनाको टिम छ । नाटकमा शरद, ध्रुवराज पौडेल, सरोज तिवारी, रोशनी रामदाम, सुमन तिमिल्सिना, उज्जवलराज ढकाल, गौरव पौडेल, रमेशबाबु तिमिल्सिेना, मनोज सुनार, एम.डी काफ्ले, नौर क्षेत्री, सुशील बराल, आदित भुजेल, बिवेक मन, एलिसा विक, सुबिना श्रेष्ठ, रोशनी श्रेष्ठ, सरजन थापा, अमृत घिमिरे, प्रतिक रावत, सुरज नेपाली रहेका छन् भने नेपथ्यमा प्रमिला तुलाचन, परिवर्तन, अन्जु दाहाल, लक्ष्मण डुमे्र, प्रेम के.सी, समिर क्षेत्री, बिष्णुराज तिमिल्सिना, नवराज गिरी, सुमन भण्डारी लगायतरहेका छन् । (तस्वीर सामाजिक संजालबाट)
यो त भयो चरणदास चोरमा पुगेको कथा अब जाऔँ बिमल तर्फ….
बिमलको रंगमञ्चयात्रा :
सानै देखि अरुकालागि प्रेरणा बन्नु पर्छ भन्ने स्वभावका थिए बिमल । सिने जगतमा राजेश हमालको चर्चा हुदाँ बिमललाई पनि चर्चित बन्ने हुँटहुटी थियो । उनको मनमा कलाकार बनियो भने चिनिँदो रहेछ भन्ने लाग्थ्यो, तर अहिले नामले भन्दा पनि कामले चिनिनुमा उनी विश्वास गर्छन् ।
राजेश हमाल जस्तै अभिनय गरेर सिनेमा जगतमा चर्चित हुने बिमलको सपना अचानक रंगमञ्चसँग जोडिन पुग्यो । जब उनी रंगमञ्चमा छिरे उनलाई त्यहाँबाट निस्कन मनै लागेन । बिमलले हालसम्म बादलीको छेऊ, अ प्लेस इनमाई हार्ट, निरमाया, बाकस, तिर्खा लगायत अन्य थुप्रै नाटकमा अभिनय गरिसकेका छन् ।
प्रतिक्रिया लेख्नुहोस्:-