विद्यार्थी नेता भानु ढकालले नेपाली कांग्रेस कास्की जिल्ला सचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन् । विद्यार्थी आन्दोलनमा २०५७ साल देखि निरन्तर क्रियाशिल ढकालले कास्कीमा कम्युनिष्टको डर,भ्रम र त्रास हटाई कांग्रेसलाई बलियो बनाउन आफ्नो उम्मेदवारी दिएका हुन् ।
‘हामीले कास्कीमा नयाँ गढहरुलाई बचाउन सकेनौँ । कम्युनिष्टका पुराना गढलाई भत्काउन सकेनौ । कांग्रेसको विरासत जोगाउन उम्मेदवारी दिएको हुँ’ ढकालले भने ।
सचिवको पद भनेकै कांग्रेसलाई बलियो बनाउन महत्वपूर्ण भुमिका खेल्ने पद रहेकाले आफुले उम्मेदवारी दिएको बताए । लामो समयदेखि विद्यार्थी राजनीति हुदैँ पार्टीको राजनीति र जिल्लाका विभिन्न विकास निमार्णका काम देखि अन्यायमा परेकालाई न्याय दिन सम्म अग्रसर ढकाल कास्कीको अब्बल युवा नेता मध्येका एक हुन् ।
उनले कास्कीमा ७८ इकाईहरुमा समन्वयन गर्ने, कार्यकर्ता परिचालन गर्ने, सूचना आदान प्रदान गर्ने काम नै सचिवको हुने भएकाले आफुलाई त्यहि उचित लागको बताए ।
उनले आफ्नो भुमिकाको आधारमा नै उनको उम्मेदवारी हो । उनले संगठन निमार्णदेखि विकाससम्म कांग्रेसलाई जोड्ने, जनताको सुख दुखमा साथदिने आफ्नो एजेन्डा रहेको सुनाए ।
ढकाल युवा मात्र नभई युवाका लागि एक नेतृत्व गर्ने क्षमतावान नेता हुन् । उनले पार्टीमा मात्रै नभई जिल्लामै राम्रो छबि बनाइसकेका छन् । ढकाल लोकतान्त्रिक आन्दोलनका योद्धा स्व. कमल मणि ढकालका सहोदर भाइ तथा जेल पार्टनर पनि हुन् ।



























प्रतिक्रिया लेख्नुहोस्:-