मध्यपहाडी लोकमार्ग अन्तरगत पोखरा २५ हेम्जामा निमार्ण भएको राजमार्ग अहिले निकै भाइरल छ । राजमार्ग हामीले बनाएको भन्दै देशका विभिन्न दलले जसलिन खोजिरहेका छन् ।

अहिले भने उक्त सडक कांग्रेस हो । कांग्रेसको १४ औँ महाधिवेशन अन्तरगत कास्कीका ३ निर्वाचन क्षेत्रमा आज निर्वाचन भइरहेको छ ।

सोहि निर्वाचन अन्तरगत क्षेत्र ३ को निर्वाचनमा कांग्रेसले सडक नै कब्जा गरेर निर्वाचन गरिरहेको छ । निर्वाचन एक पार्टी प्यालेसमा चलिरहेपनि मतदाता त उम्मेदवारहरुले सडक नै कब्जा गरिरहेका छन् ।

एक तर्फिको पुरै भाग कब्जा गर्दा सर्वसाधारणलाई भने सास्ती खेप्नु परेको छ । सडक कब्जामात्रै होइन् उनीहरुले मतदान गरेको समाचार संकलनका लागि जाने संचारकर्मीलाई समेत रोक लगाइरहेका छन् ।



























प्रतिक्रिया लेख्नुहोस्:-