२०८२ माघ ६, मङ्लबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

चौथो अभियानकप भलिबल प्रतियोगिता सुरु

गण्डकी प्रेस
कार्तिक ११, २०७८ १८:२४ मा प्रकाशित
खेलकुद, समाचार
चौथो अभियानकप भलिबल प्रतियोगिता सुरु
70
SHARES
Share on FacebookShare on Twitter

पोखरा, ११ कार्तिक– अभियान युवा क्लवको आयोजनामा बिहिवारदेखि चौथो अभियान भलिबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन ४ खेल सम्पन्न भएका छन् ।

पोखरा ५ मालेपाटन बाराही माध्यामिक विद्यालयको खेल मैदानमा भएको पहिलो खेलमा शान्ता भलिबल टे«निङ सेन्टरले वियन्का कृषि फार्मलाई ३–० को सोझो सेटमा हराएको छ ।

पहिलो सेट २५–७ को फराकिलो अंकले शान्ताले जितेपनि दोस्रो सेटमा भने कृषिफार्मले केहि सुधारिएको खेल देखाएको थियो । तर, शान्ता भलिबल टे«निङले दोस्रो सेटपनि आफ्नो पक्षमा पार्न सफल रह्यो ।

शान्ताले दोस्रो सेट २५–२३ तथा तेस्रो सेटमा २५–१८ को जित निकाल्यो । दोस्रो खेलमा मट्टिखान युवा क्लबले मालेपाटन भलिबल टे«निङ सेन्टरलाई ३–० कै सोझो सेटमा पाखा लगायो ।

मट्टिखानले मालेपाटनलाई पहिलो सेटमा २५–२० ले हरायो । दोस्रो सेटभने निकै रोमाञ्चक बन्न पुग्यो । दोस्रो सेटमा पनि अन्ततः मट्टिखाननै हावि हुदैँ ३४–३२ को जित निकाल्यो ।

तेस्रो सेटमा २५–२३ ले हराउँदै सोझो सेटले जित आफ्नो पक्षमा पारेको हो । तेस्रो खेलमा भने कृस्ती युवा मिलन क्लबले कुदवि डाडाँ युथ क्लब माथि ३–२ सेटको पुनरागमन जित निकाल्यो ।

पहिलो र दोस्रो सेटमा २५–२३ र २५–१६ ले पछि परेको कृस्तीले तेस्रो सेटबाट भने लगातार जित आफ्नो पोल्टामा पा¥यो । तेस्रो सेटमा २५–१५ को जित निकालेको कृस्तीले चौथो सेटमा २५–२१ को जित निकाल्दै खेललाई निकै रोमाञ्चकता तर्फ धकेलेका थिए ।

अन्तिम सेटमा १५–८ को सेटले हराउँदै पुनरागमन जित निकालेको हो । बिहिवारको अन्तिम खेलमा बाराही माविले शसस्त्र प्रहरी बल कालिका गणलाई ३–० को सोझो सेटमा पाखा लगायो । बाराहीले २५–१८, २५–२० र २५–२१ को सेटमा हरायो । प्रतियोगितामा कुल १२ टिमको सहभागिता रहेको छ ।

प्रतियोगिताको उद्घाटन गर्दै पोखरा महानगरपालिका प्रवक्ता एवम् पोखरा महानगरपालिका ५ का वडाअध्यक्ष धनबहादुर नेपालीले क्लबले निकै उत्कृष्ट कार्य गरेको बताए ।

प्रतियोगिताले नयाँ खेलाडी उत्पादनमा इट्टा थप्ने काम गरेको उनले सुनाए । उनले मालेपाटन पोखराको खेलकुद विकासका लागि महत्वपूर्ण स्थान रहेको बताए ।

‘ हाम्रो वडा खेलकुदका लागि निकै महत्वपूर्ण वडा हो । यहाँ क्रीकेट ,व्याडमिन्टन,फुटबल, ठेलो लगायतका खेलहरु हुँदै आइरहेको छ । अब बास्केटबल कोर्ट पनि निर्माणको अवस्थामा छ’ उनले भने । विश्वमा नेपाललाई खेलकुदको माध्यमबाट चिनाउन सकिने उनको भनाइ थियो ।

सोहि अवसरमा बोल्दै खेल संयोजक एवम् क्लबका अध्यइा राजु गिरीले क्लबले आयोजना गरेको प्रतियोगिताको सुरुवाती संस्करणमा केहि विवाद आउने गरेपनि पछिल्लो समय भने सौहाद्रपूर्ण वातावरणमा खेल हुने गरेको बताए ।

क्लबले आम्दानीका लागि नभई भलिबल खेलको विकासका लागि प्रतियोगिताको आयोजना गरेको बताए । कार्यक्रममा क्लबका निवर्तमान अध्यक्ष मोहन केसी, बाराही मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बिष्णु बराल, फेवा बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अध्यक्ष हरिभक्त पौडेल लगायतले आफ्नो भनाइ राखेका थिए ।

प्रतियोगितामा विभागीय क्लब सशस्त्र प्रहरी बल कालिका गण, कृस्ती युवा मिलन मञ्च, शान्त भलिबल ट्रेनिङ सेन्टर भकुण्डे, नव सृजनशिल युवा क्लब पुरन्चौर, बियन्का कृषि फर्म तथा पशुपालन मझेरीपाटन, मालेपाटन भलिबल ट्रेनिङ सेन्टर, मट्टीखान युवा क्लव, खुँदी डाँडा युवा क्लब, जागृति युवा क्लव सराङकोट पँदेली, बाराही मावि मालेपाटन, पोखरा टप्स एजुकेशन र मिडिया टिम पोखरा रहेका छन् ।

प्रतियोगिताको विजेताले नगद ५५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । त्यस्तै उपविजेताले नगद रु २५ हजार ५ सय ५५ रुपैँया सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । विधागत पुरस्कार तर्फ भने ट्रफि रहेको छ ।

सम्बन्धित समाचार

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार
अपराध

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा
समाचार

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी
समाचार

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो
खेलकुद

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित
खेलकुद

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?
अपराध

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

कार चालकलाई कुटपिट गरी कार लिएर तीन जना फरार

अन्य पुरुषसंग बोलेको निहुँमा प्रेमिकाको हत्या, १ पक्राउ

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

बिरौटाकी सुप्रिया गोले तामाङ बनिन् मिस तामाङ पोखरा

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

पोखराको हल भिजिटमा ‘भाईरल गोर्खे’ टिम, दर्शकको प्रशंसाले उत्साहित सौगात र सृष्टी

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

एक दिवसीय क्रिकेट ः कास्कीले लेखनाथालई २७३ रनले हरायो

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

मुस्कानको दोहोरो शतकमा पोखराको फराकिलो जित

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

लागुऔषध खैरो हेरोइनसहित काठमाडौँबाट एक व्यक्ति पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

सिन्धुलीमा बैंक डकैतिमा घरधनीका जेठान पक्राउ

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

२०१४ सालको त्यो विशेष महाधिवेशन र अहिलेको यो विशेष महाधिवेशन

चर्चित खबरहरु

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँमा ३ जनाको सामुहिक हत्या गर्ने एक पक्राउ

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

तनहुँ विभत्स हत्या काण्ड ः राजमार्ग पुगेपछि अलमलियो कुकुर, सकियो ‘क्लू’

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

प्रहरीलाई चक्कु आफैंले देखाएका कुमारलाई किन गरिएन सार्वजनिक ?

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

रक्सीको पैसा तिर्न छाडेर प्रहरीको धम्की १ पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

सामाजिक सञ्जालमा बन्दुक प्रदर्शन एक पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

नगद र सुनको सिक्री चोरी गर्ने ४ पक्राउ

‘आइ लेन्स’ प्रयोग गरी क्यासिनोमा ठगी गर्ने ४ भारतीय कारागार चलान