काठमाण्डौं, २ कात्तिक । चन्द्रागिरी नगरपालिका ११ विष्णुदेवी हाउजिङस्थित सुष्मिता कोल्डस्टोरमा तास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।
कोल्डस्टोर संचालक स्याङ्जा विरुवा गाउँपालिका ६ घरभई काठमाण्डौंमा कोल्डस्टोर संचालन गर्दै आएकी ४२ वर्षीया आरती लम्साल सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट नगद १ लाख,५ हजार २ सय ४० रुपैँया र ४ बुक तास बरामद गरेको प्रहरीले बताएको छ । प्रहरीले कोल्डस्टोरभित्र जुवातास खेलिरहेको भन्ने सूचना पाएपछि महानगरीय प्रहरी विभागबाट खटिएको टोलीले पक्राउ गरेको हो ।



























प्रतिक्रिया लेख्नुहोस्:-