२०८३ अशोज ५, सोमवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

पोखराका रामजीले हामीलाई ठग्यो प्रहरीबाट न्याय पाइएन ः पिडित

रामजी युवासंघको कार्यकता समेत रहेको पिडितहरुले बताइरहेका छन् ।

गण्डकी प्रेस
भदौ १२, २०७८ १६:१४ मा प्रकाशित
अपराध, प्रमुख समाचार, समाचार
पोखराका रामजीले हामीलाई ठग्यो प्रहरीबाट न्याय पाइएन ः पिडित
54
SHARES
Share on FacebookShare on Twitter

पोखरा २४ कास्कीकोटका रामजी गिरी (अर्जुन) ले विभिन्न व्यक्तिलाई ठगि गरेको आरोप लगाउँदै पिडितहरु कानूनको ढोका ढकढकाउन थालेका छन् ।
गिरीले कसैलाई पारिवारिक त कसैलाई वैदेशिक रोजगारमा लगाइदिने बाहानामा रकम लिदैँ सम्पर्कविहिन हुदैँ आएको भेटिएको छ । गिरीले सम्पर्क नम्बर समेत बारम्बार बदल्दै हिडेका छन् । गिरी विरुद्ध कास्कीमा २ पटक र रुपन्देहीमा १ पटक पिडितहरुले निवेदन दिएका छन् ।

कास्कीमा बैशाखमा र भदौमा गरि २ पटकसम्म बुटवलकी कमला शाहले निवेदन दिइन् । उनले आफू रामजीबाट ठगिएको र रकम माग्दा ज्यानमार्ने धम्कीसम्म दिएको कारण विहिबार पोखरामा पत्रकार सम्मेलन समेत गरेकी थिइन् ।

उनले रामजीले विभिन्न बाहाना बनाई आफूसंग पटक÷पटक गरी ४ लाख ७ हजार रुपैँया ठगि गरेको बताइन् । दाइको माध्यमबाट रामजीसंग ठोक्किएकी उनलाई रामजीले रकम फिर्ता दिने सर्तमा रकम मागेका थिए । २ वर्ष अघि रकम दिएकी थिइन् ।

तर, अहिले फोन गर्दा अर्कैले उठाउने र बारम्बार नम्बर परिवर्तन गर्दै आइरहेको उनले बताइन् । ‘विभिन्न बहाना बनाएर पैसा माग्दा मैले ११ पटक सम्म पैसा दिएको छु ।

हिसाव गर्दा ४ लाख ७ हजार भएको रहेछ, विदेशमा भएका दाजुसँग जानकारी लिँदा रामजी गिरी ठग हो भनेर भनेपछि बल्ल म झल्यास्स भए, त्यसपछि पैसा माग्दा उसले मारेर तिनाउ खोलामा फाल्दिन्छु भन्यो’, उनले भनिन् ‘म जस्ता कति महिला ठगिएका रहेछन् ।

मलाइ त घरायसी समस्या देखायो । म घरपनि पुगें । ज्यानमार्ने धम्कीकै कारण म यहाँ आएको हुँ ।’ प्रहरीमा २ पटक निवेदन दिएकी उनले प्रहरीबाट कुनै सुनुवाई नभएको गुनासो पोखिन् । निवेदन दिदाँसमेत प्रहरीबाट खोजी नभएको उनले सुनाइन् ।

‘पैसाको कारण भन्दापनि म ज्यानको सुरक्षाका लागि यहाँ आउन बाध्य भएकी हुँ । आफूलाई एजेन्ट बताउँदै कतिलाई ठगिसकेको रहेछ’ उनले भनिन् ।

परिवारसंग जोडिएर ठगि गर्दो रहेछ ः अनु घिमिरे

यस्तै रुपन्देही सैनामैना नगरपालिका मुर्गियाकी अनु घिमिरे र उनका भाइ नविन घिमिरे समेत ठगिएको बताइन् । रामजीले तनु घिमिरेलाई कतारमा आफ्नै क्लिनिक रहेको भन्दै ८० हजार मागेको र तनु घिमिरेकै माध्यमबाट अनुले समेत रामजीसंग चिनजान गरेको बताइन् ।

‘मैले पनि भाउजु (तनु घिमिरे) मार्फत चिनजान गरेको हुँ । भाउजुलाई कतारमा आफ्नै क्लिनिकमा जागिर दिन्छु भन्दै विश्वास दिलाएको रहेछ ।

राम्रो हुन्छ भनेपछि मैलेपनि पोर्चुगल जान लागेको मेरो भाइलाई एक पटक बुझ्न लगाए,’ उनले भनिन्–‘एक वर्षसम्म मेरो माइतमा पुग्दै घरपरिवारसंग नजिक भएछ ।

भाइलाई पनि लैजाने भन्दै २ लाख मागेछ । अरु ५ जना पनि लान सकिने भन्दै भाइलाई भनेको रहेछ, भाइका साथीहरुले पनि जाने चाहाना बनाउँदै रकम दिएका रहेछन् ।

भाइ र भाइका साथीहरुसंग गरेर ८ लाख रुपैँया लिएको थियो । अघिल्लो वर्ष मेरो आमा वित्नुभयो । म माइत गएको थिए । त्यहाँ मेरो सुनको सिक्रि लिएर गयो ।’

सिक्रि लगेपश्चात भने गिरी सम्पर्क विहिन भएको उनले बताइन् । उनले भाइ मार्फत जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा समेत रामजी विरुद्ध निवेदन दिएकी थिइन् ।

तर, रुपन्देहीमा समेत कुनै सुनुवाई नभएको उनले गुनासो पोखिन् । गत वर्ष नै उनीहरुले जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा समेत कारबाहीका लागि उजुरी गरेका थिए ।

प्रशासनले समेत जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । तर, प्रहरीले भने कुनै जानकारी दिएन । रामजीले आफ्नो नविल बैंकको खातामा रकम हाल्न लगाउँदै आएका थिए । उनले वैदेशिक रोजगारमा राम्रो ठाउँमा जागिर मिलाउने भन्दै रकम लिने गरेको पिडितहरुले बताए ।

कहाँ छन् रामजी ः?
कास्कीका रामजी कहाँ छन् पिडितलाई अत्तोपत्तो छैन् । कपडा झैं नम्बर समेत परिवर्तन गर्ने रामजी अहिले कहाँछन् थाहा छैन् । रामजीबाट ठगिएका भनिएका पिडितहरुले कहिले टिकटक त कहिले फेसबुकमा रामजीको फोटो राख्दै भेटेमा सम्पर्क गर्न अनुरोध गरिरहेका छन् ।

रामजी विरुद्ध एक वा दुई व्यक्तिले ठगिएको भनेका छैनन् । धेरै विदेशिएका व्यक्तिहरुले समेत आफूहरु ठगिएको बताइरहेका छन् ।

रामजी युवासंघको कार्यकता समेत रहेको पिडितहरुले बताइरहेका छन् । रामजीको बताइएको नम्बरमा सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सक्दैन । उनको वास्तविक नम्बर समेत पिडितहरुसंग छैन् ।

जस्ले गर्दा रामजीबाट लिनुपर्ने रकम वर्षौ वितिसक्दा समेत लिन सकिरहेका छैनन् ।

हदम्याद सकियो अदालत जानुपर्छ ः प्रवक्ता हमाल

जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता एवम् प्रहरी नायव उपरिक्षक सुवास हमालले हदम्याद सकिएको कारण आफूहरुले केहीगर्न नसक्ने प्रतिक्रिया दिए ।

प्रहरीबाट केही हुन नसक्ने बताउँदै पिडितलाई कारबाहीका लागि अदालत जान सुझाव दिएको जानकारी दिए । ‘ठगि मुद्दाका लागि हदम्याद हुन्छ । कानून भन्दा बाहिर हामी जान मिल्दैन ।

वहाँहरु अदालत जान सक्नुहुन्छ । हामीले त्यही भनेर पठाएका छौँ’ उनले भने । कुनै व्यक्तिले ठगि गरेको भन्ने शंका लागे १ वर्षभित्र उजुरी दिएमात्र प्रहरीले अनुसन्धान गर्न मिल्ने उनले बताए ।

सम्बन्धित समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित
प्रमुख समाचार

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक
अर्थ

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ
प्रमुख समाचार

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ
अपराध

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी
प्रमुख समाचार

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक
प्रमुख समाचार

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

चाङ्गानको नयाँ विद्युतीय खेलकुद उपयोगी सवारी साधन ‘नेभो क्यू०५’ पोखरामा सार्वजनिक

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

पोखरा बसेर फिल्म चलाउने ‘पेन्सन पट्टा’का निर्देशक माओत्से गुरुङ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

जेनजी आन्दोलनमा फरार बलात्कार मुद्धाका अनिष एक करोड ठगि गर्दा पक्राउ

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

कास्कीमा पहिचान नखुलेका ८१ शवको व्यवस्थापन, पाँचमध्ये एक बालक

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

एक करोड बढि मुल्यको भन्सार छलि गरि ल्याएको मोबाइल पाट्र्स बरामद

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

गोरखाको नाम्रुङमा बाढीले ४ घर र फलामे पुल बगायो

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

अपर त्रिशूली-१ को सुरुङबाट चिनियाँ नागरिकको जिवितै उद्वार

चर्चित खबरहरु

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

इस्लामिक कल्याणकारी समाज पोखराको अध्यक्षमा अब्दुल मालिक मिया निर्विरोध निर्वाचित

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

रसुवा भाेटेकाेशीमा आएको बाढीले कति गर्ये नाेक्सानी

बाढीपीडितकालागि बेगनासताल पोखरा यातायात प्रा.लि. बाट १ लाख १ हजार १ सय ११ रुपैयाँ सहयोग

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

नेपाल कम्युष्टि पार्टीका महासचिव मणिक लामालाई कार्वाही

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

ग्यास अभाव विरुद्ध पृथ्वीनारायण क्याम्पसमा दाउरा बालेर खिर पकाउँदै विद्यार्थी

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

कोठा भाडामा लिने बहानामा बृद्वामाथी प्रहार

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

पोखरामा ASEZ द्वारा ‘निलो कार्बन’ संरक्षण अभियान र सरसफाई कार्यक्रम सम्पन्न

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

आयल निगमले ५ विद्यार्थी संगठनलाई वार्तामा बोलायो

निजी र सरकारी सवारीसाधनमा जोर बिजोर लागू गर्न निगमको प्रस्ताव