२०८३ बैशाख १६, बुधबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

वेलायतमा २९ अगष्टमा नेपाली मेला हुदैँ

गण्डकी प्रेस
भदौ ७, २०७८ २०:३४ मा प्रकाशित
अन्तराष्ट्रिय, समाचार, साहित्य/मनोरञ्जन
वेलायतमा २९ अगष्टमा नेपाली मेला हुदैँ
14
SHARES
Share on FacebookShare on Twitter


लन्डन । तमुधिं यूकेले २९ अगष्टमा नेपाली मेलाको आयोजना गर्ने भएको छ । कोरोना महामारीका कारण गत वर्ष स्थगित मेलाको १२ औं संस्करण यो वर्ष गर्न लागिएको हो ।

लन्डनस्थित नेपाली दूतावासको सहकार्यमा मेला गर्न लागिएको हो । बेलायतकै सबैभन्दा वृहत फुटबल प्रतियोगिता ‘गोर्खा कप’ सकिएको महिनादिन भित्र केम्पटन पार्क रेस कोर्समा मेला हुनेछ ।

आइतबार आयोजित पत्रकार सम्मेलनमा मेला संयोजक वरिष्ठ उपाध्यक्ष हरि गुरुङले तयारीबारे विस्तृत जानकारी दिए । करिब ३० हजार पाउण्ड खर्च लाग्ने अनुमान गरिएको मेलामा बेलायतस्थित विभिन्न १९ संघसंस्थाले भाग लिने तय भएको संयोजक गुरुङले बताए ।

संस्थाले नेपाली कला संस्कृति, परम्परा, रहनसहन, भेषभुषा झल्कने विभिन्न झांकी, नृत्य प्रस्तुत गर्नेछ । बेलायत सरकारले कोरोना सम्बन्धि नियम हटाएपनि इच्छुक आगन्तुकलाई मास्क र स्यानिटाइजर उपलब्ध गराइने संयोजकले जनाए ।

उनले कोभिड संक्रमण बढिरहेका बेला करिब तीन हजार दर्शक सहभागी हुने अनुमान गरिएको बताए । ‘विगतमा करिब १० हजारसम्म दर्शक सहभागी भएका हुन् तर यसपटक परिस्थिति फरक छ ।

तीनहजार दर्शकमात्र आएपनि हामी ब्रेकइभनमा हुनेछौं’, उनले भने । राजदूत लोकदर्शन रेग्मीले मेला उद्घाटन गर्ने तय छ । दिउसो एक बजे झांकी प्रस्तुति शुरु हुने आयोजकले जनाएका छन् ।

यसपटक विगत जस्तो अन्य देशका कूटनीतिज्ञहरु उल्लेख्य सहभागी नहुने सम्भावना छ । ‘डिप्लोम्याट्स निमन्त्रणा गर्ने जिम्मा दूतावासलाई दिइएको हो ।

समय अभाव, कोभिड र दूतावासमा सबै नयां टिम भएका कारण धेरै डिप्लोम्याट्स नहुन सक्छन्’, संयोजक गुरुङले भने, ‘तर, विदेशीहरु र स्थानीय काउन्सिल नेताहरु दर्शकका रुपमा रहने अपेक्षा छ ।

’ मेलामा खाना, च्यारिटी, हस्तकला लगायतका २७ व्यापारिक स्टल रहनेछन् । विभिन्न सांस्कृतिक प्रस्तुति र दर्शकले काटेको टिकटबाटै राफल ड्र पनि सञ्चालन गरिनेछ ।

राफल ड्र प्रथम विजेतालाई एक तोला सुन, द्धितिय विजेतालाई ट्याबलेट र तृतीयलाई एकसय पाउण्ड नगद दिइने तमुधिं यूकेले जनाएको छ ।

बिहान १० देखि सांझ ८ बजेसम्म हुने मेलामा सहभागी भएर नेपाली मौलिकपनको रसस्वादन गर्न तमुधिं यूके अध्यक्ष हित काजी गुरुङले अपिल गरेका छन् ।

‘नेपाली मेला तमुधिं यूकेको मात्र नभइ समग्र बेलायतवासी नेपालीको हो र यो मुनाफा कमाउने उद्देश्यले गर्न लागिएको होइन’, अध्यक्ष गुरुङले भने, ‘विदेशमा पनि नेपाली कला संस्कृति, रितिरिवाज, भेषभूषा, धर्म संरक्षण र प्रवर्धन हाम्रो मुख्य उद्देश्य हो ।

हामीलाई मेला सफल पार्न सबैको सहयोग खांचो छ ।’ उक्त मेलामा झांकी र नृत्य दुवैमा प्रथम हुने समूहलाई एकहजार एकसय पाउण्डसहित ‘एम्बासडर कप’ प्रदान गरिनेछ ।

प्रथम हुनेलाई अतिरिक्त ३ सय पाउण्डको ‘एनआरएनए यूके कप’ समेत दिइनेछ । दोश्रो हुनेले ७ सय पाउण्ड एवं तेश्रो हुनेलाई ५ सय पाउण्ड नगद प्रदान गरिनेछ ।

त्यसैगरि झांकीमा मात्र प्रथम हुनेलाई ५ सय पाउण्ड र दोश्रो हुनेलाई ३०० पाउण्ड तथा नृत्यमा प्रथम हुनेलाई ५०० पाउण्ड र दोश्रो विजेतालाई ३०० पाउण्ड प्रदान गरिनेछ ।

मेलाका लागि दूतावासबाट २५ सय पाउण्ड सहयोग प्राप्त भएको तमुधिं यूकेले जनाएको छ । झांकी निर्णायकमा नेपाली कला, संस्कृतिविद ४ जना र नृत्यको निर्णायकमा ३ जना बेग्लै व्यक्ति रहने आयोजकले जनाएका छन् ।

महासचिव परशु गुरुङले सञ्चालन गरेको उक्त कार्यक्रममा आमा समूहकी महासचिव यशोदा गुरुङले आफ्नो तयारीबारे जानकारी दिइन् ।

सम्बन्धित समाचार

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि
खेलकुद

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए
प्रमुख समाचार

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ
अपराध

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा
प्रमुख समाचार

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

चर्चित खबरहरु

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

मोटरसाइकलको युर्टनले बस दुर्घटनामा, २ को मृत्यु घाइते भन्छन् – पुनर्जन्म पाए

शेखर गाेल्छा पक्राउ

शेखर गाेल्छा पक्राउ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

पाेखरा महानगरकाे आर्थिक वर्ष २०८०/८१ काे योजना तर्जुमा तयारी बैठक

अमेरिकाले गर्‍यो तालिबानमाथि आक्रमण, पाँच मारिए

अमेरिकाले गर्‍यो तालिबानमाथि आक्रमण, पाँच मारिए

गृहमन्त्रीले दिए राजीनामा

गृहमन्त्रीले दिए राजीनामा

कास्कीमा सुरक्षा चुनौती, मौन प्रहरी

महतगौडामा खुकुरी हान्ने गुरुङ र फरार कार्की पक्राउ

चेपाङ जाति र न्वागी पर्व

चेपाङ जाति र न्वागी पर्व

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि

पोखरामा पहिलो पटक महिला गोल्डकप, ४ टिम सहभागि