२०८३ साउन १५, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

१३ औँ सागमा ठुलो घोटला पोखराबाट साढे १७ लाख असुल गर्नुपर्ने

पोखरामा राखेप सदस्य राजेश गुरुङले समेत अनाधिकृत रुपमा पोशाक वितरण गरेका थिए ।

गण्डकी प्रेस
भदौ ७, २०७८ १३:४५ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार
१३ औँ सागमा ठुलो घोटला पोखराबाट साढे १७ लाख असुल गर्नुपर्ने
25
SHARES
Share on FacebookShare on Twitter


पोखरा, ७ भदौ । दक्षिण एसियाली खेलकुद (साग) मा ठुलो भएको देखिएको छ । डेढ वर्ष अघि नेपालले आयोजना गरेको १३ आंै सागमा ६ गुणा बढि खर्च भएको देखिएको छ ।
काठमाडौं, ललितपुर, कास्की र जनकपुरमा २०७६ मंसिर १५ देखि २४ गते सम्म साग आयोजना भएको थियो । साग सम्पन्न भएको १ वर्ष पछि राष्ट्रिय खेलकुद परिषद्ले आर्थिक प्रतिवेदन सार्वजानिक गरेको थियो ।

आर्थिक प्रतिवेदन अनुसार १ अर्ब ३१ करोड ७८ लाख ४३ हजार ६१ रुपैयाँ खर्च भएको देखाइएको थियो । सोही समयमा पनि व्याडमिन्टनमा व्यापक अनियमितता भएको कुरा उठ्दा शिलवालले जवाफ नै दिएका थिएनन् ।

उता महालेखा परीक्षकको प्रतिवेदन अनुसार सागमा १ अर्ब २४ करोड ९९ लाख मात्र खर्च भएको उल्लेख गरेको छ ।

सागमा अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा थुप्रै उजुरी परेपनि कुनै कारवाही वा अनुसन्धान भएको थिएन ।

यसैबीच महालेखा परीक्षकको वार्षिक प्रतिवेदन सर्वाजनिक हुँदा १३ औं सागको खेल सामाग्री खरिद गर्दा आर्थिक अनियमिता भएको उल्लेख गरिएको छ ।

शुक्रवार राष्ट्रपति विद्यादेवी भण्डारीलाई महालेखा परीक्षकको कार्यलयले बुझाएको प्रतिवेदनमा १३ औं सागमा थुप्रै विषयमा अनियमिता भएको प्रष्ट पारेको छ ।

प्रतिवेदनका अनुसार खेलकुद सामाग्री खरिदमा प्रचलित दर रेट भन्दा भन्दा ६ गुणा भन्दा खर्च गरिएको छ । सामाग्री खरिदका लागि आवश्यक कागजात समावेश नै नगरी राखेपमा सूचीकृत भएका राष्ट्रिय आपूर्तकको दररेटका आधारमा ४० करोड ९६ लाख रुपैयाँ लागत अनुमान स्वीकृत गरेको र लागत अनुमानकै दरमा सामाग्री खरिद गरिएको प्रतिवेदनमा उल्लेख छ ।

जसमा खेलकुद सामाग्रीको नमूना परिक्षण गर्दा कबड्डीको म्याटको सामान्य बजार दर १ हजार ७ सय रहेकोमा ३ हजार लागत अनुमान तयार गरेको, इलेक्ट्रोनिक स्कोर बोर्डको सामान्य बजार दर २५ हजार रहेकोमा १ लाख ५० हजार लागत अनुमान तयार गरेको, बक्सिङ ग्लोभ्सको सामान्य बजार दर ३ हजार ८ सय ५० रहेकोमा १५ हजार रुपैयाँ लागत अनुमान तयार गरिएको प्रतिवेदनमा उल्लेख छ ।

प्रतिवेदनमा भनिएको छ ‘लागत अनुमान नै यथार्य नरहेकाले सोका लागि अनुमानको आधारमा खरिद भएको खर्च यथार्थपरक र मितव्ययी भएको सुनिश्चित गर्न सकिएन ।

खरिद गरेको खेल सामाग्रीको ब्राण्ड, कम्पनी, उत्पादन भएको देश, आयात भएको देशलगायतको स्पेसिफेकसन नखुलाई आपूर्तकले बिल पेस गरेको र सोही आधारमा परिषद्ले जिन्सी दाखिला गरेको हुँदा निर्धारित गुणस्तरको सामान प्राप्त भएको सुनिश्चित गर्न सकिएन ।’

पोशाक खरिद तथा वितरणमा अनियमितता
१३ औं सागमा कार्यकारी समितिले तोके अनुसार भन्दा बाहिरका पदाधिकारी, कर्मचारी र विशेष व्यक्तिलाई पोशाक उपलब्ध गराउने सदस्य सचिव रमेशकुमार सिलवालको निर्णयबाट ३३ लाख ६८ हजार सरकारलाई व्ययभार परेको महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

निर्देशिका अनुसार खेलकुदमा सहभागी नेपाली खेलाडी, अफिसियल प्रशिक्षक एवं व्यवस्थापकलाई मात्र पोशाक उपलब्ध गराउनुपर्नेमा सदस्य सचिवको निर्णयबाट ३ सय ९३ पदाधिकारी, कर्मचारी र विशिष्ट व्यक्तिलाई समेत पोशाक उपलब्ध गराउने निर्णयबाट व्ययभार परेको हो ।

कुल १ हजार १ सय ८ जनालाई ब्लेजर, दौरा, सुरुवाल, सारी, ब्वाउज र मानोग्राम उपलब्ध गराउन ९६ लाख ८२ हजार रुपैयाँको पोशाक खरिद गरेको देखिएको छ ।

यस्तै पोखरामा राखेप सदस्य राजेश गुरुङले समेत अनाधिकृत रुपमा पोशाक वितरण गरेका थिए । १३ औँ सागमा विभिन्न समितिको बहानामा पोशाक वितरण गरेका थिए ।

आफ्नालाई टेन्डर पार्न फास्ट ट्रयाकबाट पूर्वाधार विकास र सामग्री खरिद
साग तयारीका लागि सयमै बजेट र कार्यक्रम तय भएपनि अनियमितता गर्ने सोचकै कारण काम ढिला हुन पुगेको देखिएको छ ।

राज्यले बजेट निकासा समयमा नगरेको बताइरहँदा प्रतिवेदनले भने बजेट समयमा नै छुट्याएको देखाएको छ । टेन्डर आह्वानमा सिमित गर्ने मनासायकका साथमा समयमा नै व्यवस्थापनका काम नगरेको भेटिएको हो ।

टिम तयारी देखि लिएर पूर्वाधार विकास, खेल सामग्री खरिद, समारोह र आवास व्यवस्थापनमा अनियमितता भएको प्रतिवेदनले देखाएको छ । प्रतिवेदन अनुसार व्यवस्थापनका लागि १ अर्ब ९५ करोड उपलब्ध भएको थियो ।

बजेट र कार्यविधि समयमा नै स्वीकृत भएपनि समयमा खरिद सम्बन्धी प्रक्रिया थलानी नभएकाले विशेष परिस्थितिको प्रावधान अनुेसार सोझै वार्ताबाट खरिद तथा निमार्ण कार्य स्वीकृत गरिएको थियो ।

फास्ट ट्रयाकमा काम गर्दा १ अर्ब १ करोड ३२ लाख ८७ हजार रुपैँयाको खेलकुद सामग्री खरिद र २ करोड ७८ लाख ६४ हजार रुपैँयाको अन्य सामग्री खरिद गरेको उल्लेख छ ।

समयमा नै बजेट एवं कार्यक्रम तय गरिदा समेत पूर्व तयारी नगरी खेल शुरु हुनु केही समय अघि प्रतिस्पर्धा सिमित गर्ने गरी खरिद गर्नु उपयुक्त नभएको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

सागका लागि खरिद गरिएको स्पोर्टस किट्स सेट खरिदमा आवश्यकता भन्दा बढी बजेट खर्च भएको देखिएको छ । ट्रायक सुट, जुत्ता, मोजा, झोला, टिसर्ट र रुमाल रहेको स्पोर्टस किट्सका १ हजार ७ सय ७ सेट मौज्दात रहेको देखिएको छ ।

प्रत्येक सेटका लागि १२ हजार रुपैयाँ खर्च भएको प्रतिवेदनमा उल्लेख छ । जस अनुसार २ करोड ४ लाख ८४ हजार रुपैयाको समान प्रयोग नहुँदा आवश्यकता भन्दा बढी खर्च भएको देखिएको छ ।

महालेखाले भनेको छ, माग र आवश्यकताको विश्लेषण गरेर मात्र खेल सामाग्री खरिद गर्नुपर्दछ ।

सागको सम्झौता विपरीत ब्रोडकास्ट

सागको प्रत्यक्ष प्रसारणका लागि नेपाल ओलम्पिक कमिटीले भारतीय कम्पनीसँग ८ करोड रुपैयाँको सम्झौता गरेपनि कम्पनीले सम्झौता विपरीत ब्रोडकास्ट गरेको महालेखाले बताएको छ ।

त्यस्तै विदेशी कम्पनीसँग सम्झौतामा विज्ञापनबाट आम्दानीमध्ये ५० प्रतिशत राखेपलाई प्राप्त हुने भनिएपनि विज्ञापनबाट प्राप्त रकम आम्दानीमा जनाएको छैन । ब्रोडकास्टिङ राइक विक्री गरेवापत एनओसीले अहिले सम्म रकम पाउन सकेको छैन ।

पोखराबाट साढे १७ लाख असुल गर्नुपर्ने
पोखरा फुटबल रंगशाला निर्माणका क्रममा १७ लाख ८८ हजार असुल गर्नुपर्ने महालेखाले ठहर गरेको छ ।

रंगशाला निर्माण कार्यका निर्माण व्यवसायीलाई रनिङ बिल भुक्तानी गर्दा रंगशालाको डि एरिया र ट्रयाकको क्षेत्रफल फरक पारी सब ग्रेड, ग्रेडिङ, स्टोन बेशकोर्ष, प्राइम कोट र बिटुमिन कार्यको तीन रनिङ बिलबाट नापी किताबमा उल्लेख भएको भन्दा बढी परिमाणको भुक्तानी दिएकोले १७ लाख ८८ हजार असल गुनपर्ने महालेखाले प्रतिवेदनमा उल्लेख गरेको छ ।

तर, त्यो बाहेक राखेपले पोखरालाई नै अख्तियारी दिने गरी जेठ ९ गते ८२ लाख रुपैँया पठाएको थियो । जहाँ अनावस्यक शिर्षकका लागि बजेट आएको थियो ।
पोखरालाई अख्तियारी दिने गरी बोर्ड सदस्य गुरुङको अनुरोधमा सदस्य सचिव रमेश कुमार शिलवालले पोखरा रंगशाला परिसर मर्मतका लागि ८ लाख, वैकल्पिक फुटबल खेलमैदान निमार्णका लागि ५ लाख, विच भलिबल भेन्यु निमार्णका लागि ७ लाख लगायत अन्य शिर्षकमा रकम पठाएको थियो ।

त्यस्तै च्यासल फुटबल रंगशालामा र्निणको बाह्रौं रङि बिल भुक्तानी गर्दा नाली छोप्ने आरसीसी स्लाबको नापी किताबमा जोड जम्म फरक पारी ५२ लाख ५२ हजार रुपैयौ भुक्तानी गरेकाले सम्बन्धित प्राविधिकलाई जवाफदेही बनाई असुल गर्न महालेखाले भनेको छ ।

डण्डीको कार्य परिमाण गर्दा बिलमा ६.५८२ टन बढी उल्लेख गरी बढी भुक्तानी गरेको ७ लाख ५७ हजार असुल गर्नुपर्ने बताएको छ ।

उता इटहारी रंगशाला निर्माण कार्यमा मुल्य समायोजन भुक्तानी गर्दा सम्झौता अनुसार मोबिलाइजेशन पेस्की कटाएर मात्र भुक्तानी गर्नुपर्नेमा सो अनुसार नगरेकोले बढी भुक्तानी भएको रकम ३३ लाख ८९ हजार असुल गर्न पनि महालेखाले भनेको छ ।

सागमा नेपालले इतिहासकै सर्वाधिक सफलता प्राप्त गर्दै ५१ स्वर्ण सहित २ सय ७ पदक जितेको थियो । नेपाल पदक तालिकाको दोस्रो स्थानमा दोस्रो पटक रहन सफल भएको थियो ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

Privity of Contract and its Specifications with Reference to Nepal

Privity of Contract and its Specifications with Reference to Nepal

गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ

गण्डकी प्रदेशका हिमाल चढ्नेहरुको कमि भयो प्रचार प्रसार गरौ

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

अनुसन्धान केन्द्रित शिक्षण अभ्यासमा जोड देऊ स् मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका पहाडी र हिमाली जिल्लामा हिमपात र वर्षाको सम्भावना

आज पनि देशका विभिन्न ठाउँमा हावाहुरीसहित पानी पर्ने सम्भावना

अर्थमन्त्रीले भोली संसदमा बजेटका सिद्धान्त र प्राथमिकता पेस गर्ने, नियमावली निलम्बनको तयारी

पर्यटन क्षेत्र समेत बिस्तारै लयमा आएको छः अर्थमन्त्री

१७ औं संस्करणको लेखनाथ महोत्सव माघ १३ देखि

१७ औं संस्करणको लेखनाथ महोत्सव माघ १३ देखि

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

नेपाल डेण्टल एसोसिएशन, कास्कीको नयाँ नेतृत्वमा डा. सुदिप गिरी

नेपाल डेण्टल एसोसिएशन, कास्कीको नयाँ नेतृत्वमा डा. सुदिप गिरी