वि.सं. २०७८ साल श्रावण ११ गते सोमबार, तदनुसार ई.सं. २०२१ जुलाई २६ तारिख, राक्षसनाम संवत्सर, श्रीसूर्यदक्षिणायन, वर्षाऋतु, चान्द्रमान अनुसार श्रावणकृष्णपक्षको तृतीया तिथि मध्यरात्रि पछि ४:३७ बजेसम्म, त्यसपछि चतुर्थी रहनेछ ।

मेष : सृजनात्मक कार्यमा मन रमाउनेछ । साथीभाइसँगको रमाइलो भेट हुनेछ । सहमति र सहकार्यको वातावरणले कार्य गर्न सहजताको अनुभव हुनेछ । व्यापार व्यवसायमा गरेको लगानिले भविष्यसम्म लाभ लिन पाइनेछ ।
वृष : सरकारी क्षेत्रका अपूरा कार्यलाई पहल गर्दा सफलता मिल्नेछ । वक्तव्य कलाले समाजमा वेग्लै तरड्ड पैदा गर्नेछ । सामाजिक प्रतिष्ठा बढेर जानेछ । मन खुसी रहनेछ । नयाँ प्रस्ताव समेत आउने छन् ।
मिथुन : पढाइलेखाइमा मन जानेछ । समय शुभ रहेको छ । धर्मकर्ममा रुचि बढ्नेछ । परोपकारी कार्यमा समय विताउन पाउँदा आनन्द लाग्नेछ । भाग्यले साथ दिँदा सुरु गरेका अधिक कार्यले पूर्णता पाउने छन् ।
कर्कट : नोकरीमा अपजस व्यहोर्नु पर्नेछ । हतारको निर्णयले समस्यामा पार्न सक्छ, पूर्व तयारीका साथ कार्यमा लाग्नुहोला । अरुको भर विश्वासमा पर्दा महत्वपूर्ण अवसर गुम्नेछ । स्वास्थ्य समस्या कायमै रहनेछ ।
सिंह : आकर्षण शक्ति बढेर जानेछ । मानसिक क्षमतामा समेत बृद्धि विकास हुनेछ । प्रेमीप्रेमीका बिचको सम्बन्ध प्रगाढ रहनेछ । अरुलाई विश्वास दिलाउन सक्दा महत्वपूर्ण कार्यको जिम्मेवारी मिल्ने देखिन्छ ।
कन्या : छैटौं भावको चन्द्रमाले सानातिना झमेला आइलागेता पनि बुद्धिमता ढंगले अघि बढ्दा जीत आफ्नै पोल्टामा पार्न सकिनेछ । विपक्षीलाई पछि पार्दै लक्ष्यमा पुग्न सकिनेछ । आर्थिक पक्ष बलियो रहनेछ ।
तुला : श्रमको सही मूल्यांकन मिल्दा कार्य गर्ने हौसला थपिनेछ । सामान्य मिहिनेतले नै सिप सिक्न र बुझ्न सकिनेछ । नयाँ वस्तुको ज्ञान ग्रहण गर्न पाइनेछ । अध्ययन अध्यापन क्षेत्रमा भने अल्लि जोड दिनुहोला ।
बृश्चिक : काम गरेर चित्त बुझाउन नसक्दा हैरानि लाग्नेछ । अवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले समस्या सृजना हुन सक्छ, सजक रहनु होला । कठोर बोलि व्यवहारका कारण आफन्तजनसँग नै विवाद पर्नेछ ।
धनु : जोखिम युक्त कार्यलाई पनि सहज ढंगले गर्न सक्दा प्रशंसकहरु थपिने छन् । खुसी बढ्नेछ । सोचे अनुरुप काम कार्य बन्दा खुसी लाग्नेछ । लामो समय पछि मित्र मिलन हुनेछ । पराक्रम बढेर जानेछ ।
मकर : बोलिकै भरमा कार्य बन्ने छन् । कुटुम्बको साथ सहयोगले अघि बढ्दा सफल भइनेछ । अल्छि गर्नाले विशेष अवसर गुम्न सक्छ, जागरुक भएर कार्यमा लाग्नु होला । व्यवसायबाट भने अपेक्षित लाभ मिल्नेछ ।
कुम्भ : ठूला व्यक्तिको संगत हुनेछ । अरु दिन विरोध गर्नेहरु पनि समर्थनमा आउन बाध्य हुनेछन् । प्रतिक्षित नतिजामा सफल भइनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । नयाँ अवसर मिल्नेछ ।
मीन : बोलिको गलत अर्थ लगाउन सक्छन्, सजक रहनु होला । पूर्व तयारी र टिपोट गरेर कार्य गर्नुहोला । घरायसी समस्याले गर्दा काम गर्ने वातावरण बन्ने छैन । सञ्चित धन खर्च गर्नु पर्दा नैराश्यता छाउनेछ ।
प्रतिक्रिया लेख्नुहोस्:-