पोखरा, १० साउन । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्ला अल्मुताइरीले प्रशिक्षकबाट राजीनामा दिने बताएका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) का उपाध्यक्ष पंकज नेम्वाङको कारण आफूले राष्ट्रिय टोलीको जिम्मेवारी सम्हाल्न नसक्ने बताएका छन् ।
उनले आफ्नो सामाजिक संजाल फेसबुक मार्फत छाडेको बताएका छन् ।
‘प्रिय नेपाली फ्यान… म राजीनामा गर्न एन्फा जाँदैछु र वरिष्ट उपाध्यक्षको कारणले गर्दा म राजीनामा गर्छु, अन्तिम हप्तामा उसले मलाइ नाटक बनाउँछ । आशा छ तपाइ पंकज नेम्वाङ अहिले खुसी हुनुहुन्छ’ उनले भनेका छन् । उनले केहि समय अघि मात्र यस्तो लेखेका हुन् ।
प्रतिक्रिया लेख्नुहोस्:-