पोखरा २२ असार । साविक विजेता ब्राजिल कोपा अमेरिका कप २०२१ को फाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलको घरेलु मैदान रियो दि जेनेरियोमा मंगलबार विहान भएको खेलमा पेरुलाई १–० गोलले हराउँदै फाइनल प्रवेश गरेको हो ।
खेलको आठौँ मिनेटमा रिचार्लीसनले गोलरक्षक गालेसेलाई बिट गर्दै नेयमारलाई पास निकालेपनि नेयमारले फिनिसिङ दिन सकेनन् ।
१३ औ मिनेटमा क्यासेमिरोको प्रहारमा गालेसे बाधक बने । १५ औ मिनेटमा रिचार्लीसनको पासमा एभर्टनको प्रहार सोझै गोलरक्षक गालेसेको हातमा पुगेको थियो ।
खेलको १९ औ मिनेटमा गालेसेले ३ प्रहारलाई उत्कृष्ट बचाउ गरे । क्यासेमिराको लामो प्रहार बचाउ गर्दा रिवाउन्ड बलमा रिचार्लीसनको प्रहार पुन: उत्कृष्ट बचाउ गर्दै सोहि बलमा नेयमारले प्रहार गर्दा उक्त प्रहार समेत विफल पारे ।
लगातार ब्राजिलको प्रहारमा बाधक गालेसे ३५ औ मिनेटमा भने चुक्न पुगे । नेयमारको पासमा पाक्वेटाले उत्कृष्ट प्रहार गर्दै गोल गरे ।
दोस्रो हाफको सुरुवातमै पेरुले गोल गर्ने अवसर भने खेर फाल्यो ।
जियानलुका लामाडुलाको प्रहारमा ब्राजिली गोलरक्षक एडरसन बाधक बन्दा बराबरी गर्नबाट चुक्यो । खेलको ५२ औ मिनेटमा गार्सियाको प्रहार पोस्ट नजिकैबाट बाहिरीयो ।
प्रतिक्रिया लेख्नुहोस्:-