२०८३ बैशाख ६, आइतवार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

सरकार–निजी क्षेत्र सँगसँगै : मुख्यमन्त्री पोखरेल

प्रदेशको प्राथमिकता र आवश्यकता अनुसारको नीति आउन जरुरी

गण्डकी प्रेस
असार २१, २०७८ १०:२१ मा प्रकाशित
अर्थ, प्रमुख समाचार, राजनिती, समाचार
सरकार–निजी क्षेत्र सँगसँगै : मुख्यमन्त्री पोखरेल
11
SHARES
Share on FacebookShare on Twitter

पोखरा २१ असार । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सरकार निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न खोजेको बताएका छन् ।

प्रदेश नीति तथा योजना आयोगले मौद्रिक नीतिका बारेमा आइतबार साँझ गरेको छलफलमा उनले यसका लागि कस्तो वातावरण चाहिन्छ बसेर छलफल गर्न आफू तयार रहेको बताए ।

उनले भने, ‘हामीले दिएका सुझावलाई पक्कै पनि राष्ट्र बंैेकले अबलम्वन गर्छ ।’ उनले प्रदेशको वस्तुस्थिति अनुसारको मौद्रिक नीति आओस् भनेर व्यवसायीहरुसँग छलफल गरिएको बताए ।

नागरिकको स्वास्थ्यलाई प्राथमिकतामा राखेर प्रदेश सरकार अगाडि बढेको भनाइ राखे । सरकारको मापदण्डमा रहेर निजी क्षेत्रको सहयोगमा प्रदेश सरकार खोप किन्न तयार रहेको भन्दै उनले यसका लागि सम्पर्क स्थापित गर्न व्यवसायीहरुको सहयोग जरुरी रहेको उनले बताए ।

बिना विभागीय मन्त्री हरिशरण आचार्यले राज्य र निजी क्षेत्रको सम्बन्ध प्रष्ट पारेर अगाडि बढेमा मात्र समृद्धि सम्भव भएको भनाइ राखे ।
नीति तथा योजना आयोग उपाध्यक्ष डा. रघुराज काफ्लेले संघीय प्रणालीमा आएपछि पनि मौद्रिक नीतिको ढाँचामा परिवर्तन हुन नसकेको बताए ।

उनले भने, ‘राज्यको पुनर्संरचना अनुसारको नीति आउनुपर्छ । नागरिकका अपेक्षा बढेका छन्, देशभरका लागि एउटै खालको नीति बनाइएको छ । तर प्रदेशहरुका आआफ्नै विशेषता छन् ।’

उनले प्रदेशको प्राथमिकता र आवश्यकता अनुसारको नीति आउनु जरुरी रहेको बताए । रोजगारी बढाउन, आर्थिक सूचक माथि उठाउन प्रदेश सरकारले सुझाव संकलन गरी राष्ट्र बैंकमा आधिकारिक रुपमा लेखी पठाउने उनले बताए ।

राष्ट्र बैंक पोखराका निर्देशक ईश्वरी भट्टराईले प्रदेशअनुसार ब्याजदर निर्धारण नसकिए पनि प्राथमिकता अनुसार काम गर्न सकिने बताए । उनले भने, ‘नेपाल राष्ट्र बैंक ऐनले प्रदेश सरकार चिनेको छैन, प्रदेश सरकार र नेराबैंसँगको सम्बन्ध पहिला प्रष्ट हुनु जरुरी छ ।’

उनले मुलुकभर १ सय ४८ अर्बको पुनर्कर्जा प्रवाह भएको बताए । पैसाको प्रवाह बढ्दा हुने अवसर आँकलन गरी पुनर्कर्जा प्रदान गरिएको उनको भनाइ थियो ।

गण्डकीमा १८/१९ अर्ब ऋण प्रवाह भएको उनले बताए । आगामी आवको मौद्रिक नीतिका बारेमा सुझाव संकलन गर्न प्रदेश नीति तथा योजना आयोगले गरेको छलफलमा व्यवसायीहरुले ऋणको किस्ता तथा ब्याज तिर्ने अवधि थप्नुका साथै पुनर्कर्जालाई सहज बनाउन सुझाव दिए ।

बैंकर तथा उपप्राध्यापक विश्वमोहन अधिकारीले राष्ट्र बैंकले ७ महिना ढिलो गरी पुनर्कर्जा कार्यविधि ल्याए पनि कार्यान्वयनमै समस्य भएको बताए । सरकारले व्यवसायीहरुलाई यस्तै प्याकेज ल्याएर सहयोग गर्नुपर्नेमा पन्छिएको बताए ।

साना तथा मझौला व्यवसाय, यातायात र पर्यटन क्षेत्रलाई राहत हुनेगरी नीति ल्याउन उनले सुझाव दिए । उनले भने, ‘कृषिमा लगानी बढाउनु पर्‍यो । सहुलियत कर्जा कार्यान्वयनमा बैंकहरु तयार भएनन् ।’

उद्यमी सीता गुरुङले चम्किएको व्यवसाय र व्यसायीलाई पुनर्कर्जाका लागि बैंकले बारम्बार ताकेता गर्ने तर साँच्चै चाहिएका र मर्कामा परेकालाई भने बेवास्ता गरेको बताइन् ।

उनले भनिन्, ‘हामीलाई बैंकले लोन लिन आउनुस भनेको छ । जसलाई चाहिएको छ, उसले पाएको छैन । प्रचारवाजी बढी भयो, पहुँच भएको, नातागोताले मात्र पाएको छ ।

मागेकाले पाएमा उसको व्यवसाय फस्टाउने थियो नि ।’ लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष बाबुराम ढकालले आन्तरिक उत्पादन वृद्धि गरी आपुर्ति व्यवस्था सुदृढ गर्ने गरी मौद्रिक नीति आउनुपर्ने बताए ।

बिलासिताका वस्तुको आयातमा परिमाणात्मक बन्देज गर्नुपर्ने उनको सुझाव छ । यातायात व्यवसायी योगेन्द्र केसी राष्ट्रबैंकले पोहोर ल्याएको मौद्रिक नीति यातायात व्यवसायीका लागि उपयुक्त नभएको बताए ।

उनले भने, ‘राष्ट्र बैंकको नीति बैंकहरुले किन नमानेका हुन् ? हामीले ऋण तिर्दैनौं भनेका छैनौं । हामी घर न घाटका भएका छौं । ऋणको अवधि बढाइदेऊ मात्र भनेको हो, सुन्ने कसैले होइन ।

उनले व्यवसायीहरु मारमा परिरहँदा बैंक तथा वित्तीय संस्थाको फाइदा नघट्नु आश्यर्चजनक भएको भनाइ राखे । उनले भने, ‘हामीलाई कोरोनाको भ्याक्सिन भन्दा पनि ऋण भुक्तानीको समय बढाइदिनुस त्यही हो हामीलाई भ्याक्सिन ।’

पोखरा पर्यटन परिषदका अध्यक्ष गोपिबहादुर भट्टराईले पर्यटन क्षेत्र र यातायात क्षेत्र बढी प्रभावित भएको बताए । उनले प्रदेश सरकारले आफूले गरेको वाचा पूरा गर्‍यो कि गरेन भनेर समीक्षा गर्न पनि अनुरोध गरे ।

बैंकबाट अहिले तारन्तार फोन गरेर छिटो ऋण तिर, तँलाई कालो सूचीमा राख्छु भनेको भन्दै उनले असार मसान्तसम्मको किस्ता र व्याज केही समयका लागि पर सारिदिन आग्रह गरे ।

पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष नारायण कोइरालाले कोभिडको सबैभन्दा बढी मारमा निजी क्षेत्र परेको बताए । उनले भने, ‘नीति राम्रा आए पनि ती नीतिमा कतिको पहुँच पुग्छ भन्ने हो, लागु भएको देख्न पाइयोस् ।’

नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्य बाबुराम गिरीले प्रदेशपिच्छे आर्थिक अवस्था र आधारहरु फरक भएकाले यसरी सुझाव पठाउने काम साह्रै राम्रो भएको बताए ।

पुनर्कर्जाका लागि छुट्याइएको रकम अत्यन्तै न्यून रहेको भन्दै १ खर्बको कोषबाट लक्षित समूहले पुनर्कर्जा पाउन नसकेको बताए । उनले भने, ‘अहिले थला परेको अर्थतन्त्रलाई कम्तीमा बचाउन तत्काल बैंकिङ लोनलाई रिफाइनान्स र पुनर्तालिकीकरण गरिदेऊ भनेको हो ।’

निजी क्षेत्र चलायमान नभए १० खर्बको राजस्वको लक्ष्य कसरी पुर्‍याउन नसकिने उनको भनाइ थियो । थला परेको अर्थतन्त्रउकास्ने खालको मौद्रिक नीति ल्याउन उनको सुझाव छ ।

सम्बन्धित समाचार

गंगा गुरुङले गरे बालगृहलाई सहयोग
अर्थ

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन
शिक्षा/स्वास्थ्य

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान
अपराध

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ
अपराध

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार
अपराध

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

गंगा गुरुङले गरे बालगृहलाई सहयोग

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

लायन्स क्लब अफ पोखरा ग्लोबलको नयाँ कार्यसमिति चयन, सामाजिक सेवामा निरन्तरता दिने प्रतिबद्धता

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

वैदेशिक रोजगार शाखा संरक्षण संघ गण्डकीद्वारा २०८३ सालको क्यालेन्डर विमोचन

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

“नाइट रन” सफल बनाउन पर्यटन व्यवसायी एकजुट

चर्चित खबरहरु

धारिलो हतियार प्रहारबाट महिलाको मृत्यु, आरोपी फरार

सिर्जना हत्या प्रकरण : ज्वाइँ र अर्का भान्जा पक्राउ

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

पोखरामा आयुर्वेद व्यवसायी संघ गण्डकीको अधिवेशन सम्पन्न, नयाँ नेतृत्व चयन

इँटा प्रहार गरी गम्भीर घाइते बनाउने पक्राउ

लेकसाइडमा झगडापछि चक्कु प्रहार, तीन जना नियन्त्रणमा

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

सिर्जना हत्याकाण्ड २४ घण्टा : यी प्रमाण सहित प्रहरी अनुसंधान

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 