पोखरा, १९ असार । पोखरा जेसीजको टास्क फोर्सले निशुल्क एम्बुलेन्स सेवा सुरुवात गरेको छ । कोरोना महामारीको बेला सर्वसाधारणलाई सेवा दिने उदेश्यले निशुल्क एम्बुलेन्स सेवा सुरु गरेको हो ।

जेठ बाट नै सुरु गरिएको सेवाको उद्घाटन भने शुक्रवार पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसिले गरेका थिए । सेवा विस्तार गरेसंगै हालसम्म ७८ बढि विरामीलाई सेवा दिइसकेको छ ।
पोखरा जेसिजले कोभिड महामारीको समयमा सेवा गर्नका लागि जेसी मिनराज खड्काको संयोजकत्वमा ६ सदस्यीय जेसी आई पोखरा इमरजेन्सी टास्क फोर्स गठन गर्दै एम्बुलेन्स सेवा सुचारु गरेको हो ।
सदस्य गणेश गिरी, शक्ति बरुवाल, अनन्त प्रधानाङ्ग, विनु श्रेष्ठ, सुमन पहरी र प्रकाश घिमिरे सदस्य रहेको समितिको पहिलो कार्य निशुल्क एम्बुलेनस सेवा रहेको संयोजक खड्काले जानकारी दिए ।
पोखरा जेसीज अध्यक्ष किरण केसीको समन्वयमा टास्कफोर्स गठन भएको उनको भनाइ रहेको छ । फोर्स मोटर हिमालयन कन्टिनेन्टलका संचाल ध्रुव थापाले एम्वुलेन्सका लागि गाडी सहयोग तथा अन्य संघ संस्थाले सहयोग गरेको एम्बुलेन्स सेवा २४ शै घण्टा सेवाका लागि तयार रहने खड्काले बताए ।
प्रतिक्रिया लेख्नुहोस्:-