२०८३ असार २६, शुक्रबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

एथलेटिक्सकी रानी ‘जयरानी’

गण्डकी प्रेस
कार्तिक ६, २०७९ १४:५० मा प्रकाशित
खेलकुद, प्रमुख समाचार, समाचार, समाज
एथलेटिक्सकी रानी ‘जयरानी’
21
SHARES
Share on FacebookShare on Twitter


विजय नेपाली 
पोखरा । बिहिबार गण्डकी प्रदेश राजधानी पोखरामा खेलकुदको महामेला राष्ट्रिय खेलकुद प्रतियोगिताको नवौं संस्करणको सम्पन्न भयो ।
विभिन्न बाधा अवरोध, उतार चढावका बीच प्रतियोगिता सम्पन्न भयो । प्रतियोगितामा नयाँ र आशलाग्दा नतिजा पनि आए ।

बर्दिया मधुवन नगरपालिका २ सुन्दरपुरकी २१ वर्षिया जयरानी थारु पोखरामा माछापुच्छे« हिमाल झैँ चम्किइन् । २०७३ सालमा पुर्वाञ्चलमा भएको सातौं राष्ट्रिय खेलकुद प्रतियोगिताबाट आफुलाई डेब्यु गराएकी उनको संघर्षको कथा सामान्य रहेन् । जुत्ता लगाएर दौडन नजान्ने उनको चर्चाले पुरा देश ढाकिदियो । न ढाकोसपनि कसरी जसले ५ स्वर्ण जित्दा ३ नयाँ कीर्तिमान कायम गरिन् । ०७३ सालमा मध्यपश्चिमाञ्चल विकास क्षेत्रबाट आफुलाई राष्ट्रिय खेलमा अभ्याएकी जयरानीको त्यो खेल अविस्मरणीय रह्यो ।

इट्टाको धुलो राखेर बनाइएको एथलेटिक्स ट्रयाक्मा अन्य खेलाडी नयाँ जुत्ता लगाएर सहभागि हुँदा उनी भने खाली खुट्टा थिइन् । जुत्ता लगाउने बानी नपरेको उनी खाली खुट्टा नै दौडिइन् । व्यक्तिगत स्पर्धामा पदक प्राप्त गर्न नसकेपनि उनले चार गुण १०० मिटर रिलेमा रजत जितिन् । त्यतिबेलासम्म उनको खुट्टामा चोट लागेको थियो । कारण खाली खुट्टा थियो । ‘खुट्टा काटेको थियो । दुखेर सहन नसक्ने अवस्था थियो ।’ विगतलाई सम्झदै उनले भनिन् । विगतको दुःखले अहिले उनलाई सुख दिएको छ । सुखमात्रै होइन् अब उनी अन्तराष्ट्रिय जगतमै परिचित हुनेछिन् । कारण हो नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता ।

आठौं राष्ट्रिय खेलकुदमा लुम्बिनी प्रदेशबाट प्रतिनिधित्व गराएकी उनले कुनै पदक प्राप्त गर्न सकिनन् । प्रदेशबाट सहभागिता जनाउँदा आफ्नो क्षमतालाई प्रस्फुटन गर्न नसकेकी उनलाई २०७५ सालमा त्रिभुवन आर्मी क्लबले एउटा अवसर दियो । जुन अवसर उनको र उनका बुबाको सपना थियो । संयोग पनि कस्तो ? बुबालाई छोरी आर्मी भएको हेर्ने चाहाना, छोरीलाई खेलाडी बन्ने । उनको खेल कौशलकै कारण बुबा र आफ्नो सपना पुरा गर्न सक्षम रहिन् । आर्मीमा आबद्धभएको चारवर्षमा टेक्दै गर्दा उनले आर्मीका साथै आफुलाई समेत अब्बल सावित गरिन् ।

गण्डकी प्रदेशमा आयोजना भएको नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा उनले पाँच स्वर्ण हासिल गर्दै गर्दा राष्ट्रिय कीर्तिमानीको ह्याट्रिक गरिन् । उनले चार महिना अघि आफैले बनाएको राष्ट्रिय कीर्तिमानी भंग गर्दै नयाँ कीर्तिमान कायम गरिन् । जयरानी एथलेटिक्स तर्फ हडल्स विधाकी खेलाडी हुन् । पोखरा उनलाई फलदायी रह्यो । उनले आफ्नो विधामा मात्रै होइन् कहिल्यै पनि चाख नदेखाएको लङ जम्पका समेत राष्ट्रिय कीर्तिमान बनाउन सफल रहिन् ।

आफुले हडल्समा आफ्नो समय सुधार गरी कीर्तिमानी गर्ने लक्ष्य राखेपनि लङजम्पमा भने स्वर्णको समेत आशा गरेकी थिइनन् । ‘यस्तो हुन्छ र ३ वटामा कीर्तिमानी गर्छु भनेर त आश नै थिएन् । तर भाग्य भनम की के भनम् ३ वटामा कीर्तिमानी बन्यो’ मुसुक्क मुस्कुराउँदै फेरी बोल्छिन्,‘मेरो टार्गेट ४ सय हडल्स र एक सय हडल्समा कीर्तिमानी गर्छु भन्ने थियो । मैले ति दुई वटामा कीर्तिमानी गर्छु भनेर नै ट्रेनिङ गरेको थिएँ । लङजम्पको चाहिँ कहिल्यैपनि मैलै प्रशिक्षण गरिन् । यसमा पनि मेडल त लाग्छ तर फस्ट नै लाग्छ भन्ने त १ प्रतिशत पनि थिएन् ।’

आफुले कहिल्यै नसिकेको खेलमा समेत कीर्तिमानी बनाउँदा उनी फुरुङ्ग छिन् । आफुले कीर्तिमानी बनाउनुको पछाडीको श्रेय क्लबलाई(आर्मी) दिन्छिन् । प्रदेशबाट आफुलाई प्रतिनिधित्व गराएको भए आज यो अवस्थामा आइनपुग्ने भन्दै उनले प्रदेश र विभागमा धेरै फरक पाएको सुनाइन् ।

आर्थिक अभावले च्याम्पियनसिम गुम्यो…..
‘विभागमा र प्रदेशमा धेरै नै फरक पाउछु म । पहिला यसरी अहिलेको जस्तो ) कसैलेपनि ट्रेनिङ दिएन । त्योमात्रै कहाँ हो र ? मेरो घरदेखी गुरुहरुको घर पनि निकै टाढा भएकाले आउजाउमै समस्या थियो ।’ बर्दियामा आफुलाई खेलक्षेत्रमा सुमित्रा चौधरी र विश्वराज चौधरीले ल्याएको बताइन् । उहाँहरु (विश्वराज र सुमित्रा) आफुले गरेजति र थाहा पाएजतिको प्रशिक्षण दिनुभयो तर, इक्युपमेन्ट नै नभएर होला सायद कम भएको । अहिले विभागमा जागिर खाएदेखी बाहिरको भन्दा(प्रदेश) अलिबढी नै सुविधा छ ।

इक्युपमेन्ट, प्रशिक्षक सबै गुणस्तरीय छन्’ उनले भनिन्,‘बाहिर भएको भए यस्तो गर्न सक्थेँ जस्तो लाग्दैन आफैँलाई । किनकी म भित्र आएर(आर्मी) धेरै सजिलो भयो । खेल प्रशिक्षणका लागि कुनै समस्या नै भएन् ।’

विगतमा आफुले निकै दुःख पाएको र आर्थिक अवस्था कम्जोर भएकाले कतिपय खेलहरु गुमाउन परेको उनको भनाइ छ । विगतलाई सम्झदैँ उनी भन्छिन्,‘कतिपय राम्रो गेमहरु पनि गुमाए । उतादेखी खेल्दा (प्रदेशबाट) आफ्नो आर्थिक अवस्थाले नभ्याउने । मेरो घरको अवस्था कम्जोर छ भनेको समयमा पैसा ल्याउन सक्ने स्थिति नै थिएन् । मेरो मात्रै होइन प्रदेशबाट खेल्ने प्राय खेलाडीहरुको समस्या भनेकै यहि हो ।’ ‘सबै धनी त हुँदैन नी । मलाई पनि केहि खेलहरु हुँदा त्यहि समस्या परेको थियो । एउटा च्याम्पियनसिप नै भएको थियो । पैसा अभावका कारण म सहभागिता हुन सकिन् । मेरा साथिहरुपनि यहि कारणले आउन पाएनन् ।’

आमा बुबासहित ११ जना परिवारमा उनी मात्रै खेलाडी हुन् । उनका ३ जना दाई र १ दिदीको विवाह भइसकेको छ । उनीसहित ४ जना घरमै छन् । ‘खेलकै माध्यमबाट आर्मीमा जोडिए । आर्मीमा आबद्ध भएको साउनमा चारवर्षमा टेकँे । मेरो खेलमा पहिलादेखी नै राम्रो थियो । तर फस्ट मेडल कुनैमा पनि टच भएन ।’ सातौंलाई सम्झदैँ पुनः भन्छिन्,‘सातौंमा पर्सनल इभेन्टमा कुनैमा पनि मेडल टच भएन् । काठमाण्डौंमा जुनियर गेम खेल्न आउँदा आर्मी क्ल्बले आर्मीबाट खेल्न पर्छ भन्ने गथ्र्यो ।

मेरो बाबाको चाहाना नै आर्मीमा जागिर खानु थियो । पछि आर्मीले नै खेलको कोटा पठाएर भर्ना गराइदियो’ त्यसैमा थपिन, ‘त्यतिबेला व्यक्तिगत स्पर्धामा मेडल टच गर्न सकिन । किनकि त्यतिबेला धेरै राम्रो खेलाडी थिए । आठौंमा प्रदेश नं. ५ बाट खेले त्यहाँपनि खासै राम्रो हुन सकेन ।’ आर्मीले उनलाई जयनरानी होइन् एथलेटिक्सकी रानी ‘जयरानी’ बनाइदिएको छ ।

सानैदेखी एथलेटिक्समा……
‘मलाई खेल खेल्न निकै मन पथ्र्यो । हाम्रो स्कुल निमावि भएकै कारणले रनिङ शिल्डहरुमा कतै भाग लिन पाउने थिएन् । म ८ मा पढ्दा बल्ल हाम्रो विधालय मावि भएको थियो । एकदिन स्कुलमा दौड रहेछ म घरमै बसेको थिए । दाई र म एउटै कक्षामा थियौँ । अनि दाईले बेलुका घरमा आएर भन्नुभयो आज त दौड थियो नि स्कुलमा भनेर । म पनि दौडिन्थे नि म त सबलाई जित्दिन्छु भने । अर्को दिन स्कुल जाँदा कोको दौडिन्छौ भन्दा म पनि गए र सबैलाई जितेँ ।’ उनले आफ्नो चाहाना ओलम्पिकको रहेको र अब साफ गेमका लागि तयारी गर्ने सुनाइन् ।

पाँच स्वर्ण ३ कीर्तिमानी……..
४०० मिटर हडल्समा उनले राष्ट्रिय कीर्तिमानसहित स्वर्णपदक जितिन् । उनले निर्धारित दूरी १ मिनेट ०४.१३ सेकेन्डमा पूरा गरिन् । जयरानीले आफ्नै नामको कीर्तिमान सुधार गरेकी हुन् । चारमहिना अघि ४४ औं राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा १ मिनेट ०७ दशमलब २ सेकेन्डको कीर्तिमान बनाएकी थिइन् ।

सय मिटर हडल्स १५.६९ सेकेन्डमा निर्धारित दूरी पूरा गर्दै स्वर्ण जितेकी हुन् । यसअघि जयरानीले हिट चरणमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । उनले १५.१६ सेकेन्डमा दूरी पूरा गर्दै हिट चरणमा राष्ट्रिय कीर्तिमान कायम गरेकी थिइन् । महिला लङ जम्पमा ५ दशमलव ५८ मिटर जम्प गर्दै राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी हुन् ।

गत असारमा निशा चौधरीले ५ दशमलव ४७ मिटर जम्प गर्दै शिला चौधरीले सन् २०१८ मा राखेको ५ दशमलव ४५ मिटर जम्पको कीर्तिमानलाई भंग गरेकी थिइन् । चार गुण १०० मिटर (४०० मिटर) रिलेमा उनले स्वर्ण जितेकी हुन् । ६ गुण १०० मिटर (१६ सय) मिटर रिले दौडमा स्वर्ण जितिन् ।

 

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न
समाचार

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?
राजनिती

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रतिक्रिया लेख्नुहोस्:-





हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

रुपामा पहिलो पटक फुटबल प्रतियोगिता दोभान कप सुरु, पहिलो खेलमा बिजि गाइज विजयी

Models of Constitution Making with Reference to Nepal

BAR-BENCH RELATION IN NEPAL

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

चरीबाघको छाला सहित २ जना पक्राउ

चरीबाघको छाला सहित २ जना पक्राउ

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

हरिवंश बचत तथा ऋण सहकारी तेस्रो साधरण सभा सम्पन्न

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

राष्ट्रिय संगीतकर्मी संघ कास्कीमा सुनिल गायक

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

PARALEGALS AND THEIR PROFESSION WITH REFERENCE TO LEGAL PROFESSION OF NEPAL

शुक्लागण्डकीमा करिब ४ किलो गाँजा बरामद