३ वर्षपछि बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ खेल गर्ने निर्णय गरेको छ ।
गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३८ खेल हुने भएको छ । जसमध्ये दुई खेललाई प्रदर्सनीको रुपमा राखिने छ ।
गण्डकी प्रदेशको परम्परासंग जोडिएको ठेलो खेल र साहसिक खेलको रुपमा लिइने क्यानोइङलाई प्रदर्सनी खेलको रुपमा राख्ने निर्णय भएको हो ।
शुक्रबार बसेको बोर्ड बैठकको निर्णय अनुसार फुटबल, क्रिकेट, भलिबल, एथलेटिक्स, ब्याड्मिन्टन, टेबल टेनिस, टेनिस, हक्की, बक्सिङ, कबड्डी, भारत्तोलन, सुटिङ, जिम्न्यास्टिक, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, बुद्धिचाल, खो खो, कराते, फुल कन्ट्याक्ट कराते, आई टि एफ तेक्वान्दो, सेपाक्टाक्रो, गल्फ, आर्चरी, साइक्लिङ, फेन्सिङ, ट्रायथलन, प्याराग्लाइडिङ, रग्बी (सेभेन ए साइड), छेलो (प्रदर्शनी) र क्यानोइङ (प्रदर्शनी) खेलमा प्रतिस्पर्धा हुनेछन् ।
राष्ट्रिय खेलकुदमा सातै प्रदेश, विभागीय टोलीसँगै गैरनेपाली संघ (एनआरएन) गरी ११ टोलीको सहभागिता रहने छ ।
प्रतियोगितामा ६ हजार आठ सय जना खेलाडी, एक हजार जना प्रशिक्षक, पाँच सय जना व्यवस्थापक, एक सय १४ जना संघका प्रतिनिधी र एक हजार जना निर्णायकको भुमिकामा रहने राखेपको अनुमान छ ।
सरकारले नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा जेठ २२ देखि २८ गतेसम्म सञ्चालन हुनेछ ।




























प्रतिक्रिया लेख्नुहोस्:-