पर्वत । पर्वतमा बाटो चिप्लो हुँदा बलेरो जिप र स्कुटर दुर्घटनामा परेको छ ।
बागलुङबाट आउँदै गरेको बा २१ च ५८८९ नम्बरको बलेरो जिप र सोहि दिशातर्फबाट आउँदै गरेको ग १७ प ५६७४ नम्बरको स्कुटर दुर्घटनामा पर्दा ३ जना घाइते भएका छन् ।

अचानाक वर्षा हुँदा बाटो चिप्लो भएपछि पर्वत कुस्मा नगरपालिका ४ माझमेलामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी एक महिला र अन्य २ जना घाइते भएको बताइएको छ । घटनाबारे थप विवरण भने आउँन बाकि रहेको छ ।





























प्रतिक्रिया लेख्नुहोस्:-