फिफा विश्वकप २०२२ कतारको खेल तालिका सार्वजानिक भएको छ । आगामी नोभेम्बरबाट हुने विश्वकपको उद्घाटन कतारको स्थानीय समय अनुसार बेलुकाको ७ बजे हुनेछ ।
अल बायत फुटबल रंगशालामा नोभेम्बर २१ मा कतारले इक्वेडरको सामना गर्दै छ । समुह ए मा कतार इक्वेडरसंगै सेनेगल र नेदरल्याण्ड रहेका छन् ।
विश्वकपका लागि ड्र समारोह अन्तरगत समुह समूह बीमा इंग्ल्यान्ड, इरान, अमेरिका र युरोपेली प्लेअफको विजेता (वेल्स÷युक्रेन÷स्कटल्यान्ड) मध्येको एक हुनेछन् । समूह सीमा अर्जेन्टिना, साउदी अरेबिया, मेक्सिको, पोल्यान्ड रहेका छन् ।
समूह डीमा फ्रान्स, डेनमार्क, ट्युनिसिया, प्लेअफ १ को विजेता (अष्ट्रेलिया÷युएई÷पेरु) रहेका छन् । समूह ई मा स्पेन, जर्मनी, जापान, प्लेअफ २ विजेता (कोस्टारिका÷न्युजिल्यान्ड) मध्ये एक । समूह एफ मा बेल्जियम, मोरक्को, क्रोएसिया, क्यानडा ।
समूह जी मा ब्राजिल, सर्बिया, स्विटजरल्यान्ड, क्यामरुन र समूह एच मा पोर्चुगल, उरुग्वे, दक्षिण कोरिया र घाना रहेका छन् ।
डिसेम्बर २ सम्म समुह चरणका खेलहरु हुनेछन् भने डिसेम्बर ३ देखी ६ सम्म राउन्ड अफ १६ का खेल हुनेछन् । डिसेम्बर ७ र ८ मा कुनै खेल हुनेछैनन् । डिसेम्बर ९ र १० मा क्वाटरफाइनलका खेलहरु हुनेछन् ।
यस्तै डिसेम्बर १३ र १४ मा सेमिफाइनल समिकरण पुरा हुनेछ भने डिसेम्बर १७ मा तेस्रो स्थानको खेल हुनेछ भने डिसेम्बर १८ मा फाइनल खेल हुनेछ ।



























प्रतिक्रिया लेख्नुहोस्:-