पोखरा । नेपाल खेलकुद महासंघ प्रदेश कमिटी गण्डकीको प्रथम सम्मेलन यही चैत १९ र २० गते पोखरामा हुने भएको छ । गण्डकी प्रदेशका ११ वटै जिल्लाबाट एक सय ४३ जना सहभागि हुने गरी उक्त सम्मेलनको तयारी तिव्र पारिएको बुधबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
प्रदेशका ११ जिल्ला, ३६ निर्वाचन क्षेत्र, ८ वटा खेल संघबाट उक्त सम्मेलनमा गरी १ सय ४३ जनाको सहभागिता हुने भएको महासंघका गण्डकी संयोजक बिष्णु पुनले बताए । उक्त सम्मेलनले ७५ सदस्य नयाँ कार्यसमिचि चयन गर्ने भएको छ । अध्यक्ष, एक महिला उपाध्यक्ष सहित ३ उपाध्यक्ष सहित ७ सदस्य पदाधिकारी चयन हुने भएको संयोजक पुनले जनाए ।
नेकपा एमाले निकटको महासंघले प्रतिभावान खेलाडीहरुको पहिचान गरी तालिमको व्यबस्था गरी अन्तराष्ट्यि प्रतियोगितामा सहभागिता गराउन पहल गर्ने, खेलकुद पूर्वाधार निर्मामा जोडदिने, अन्तराष्ट्यि पदकधारी खेलाडीलाई उचित सम्मान गर्न पहलन गर्ने, राष्ट्यि खेलकुद नीति निर्माण तथा कार्यान्वय गराउन पहल गर्ने, खेलकुद प्राधिकरण गठन गर्न पहल गर्ने, खेलकुदमा रहेको अनियमितता, विकृति, विसङगति सहितका गलत कार्यलाई निरुत्साहित पार्न भूमिका खेल्ने लगायतको उद्धेश्य रहेको संयोजक पुनले एटुजेडलाई जनाए ।
पत्रकार सम्मेलनमा वोल्दै पूर्व मन्त्री खगराज अधिकारीले हजारौं अस्पताल भन्दा रंगशालाहरु बनाउन ध्यान केन्द्रित हुनुपर्ने बताए । रोग लाग्नु भन्दा पहिला नै व्यत्ति कसरी स्वस्थ्य रहन सक्छ त्यस तर्फ सचेत हुन उनले आग्रह गरे । एमालेका संगठन विभाग प्रमुख समेत रहेका पूर्व मन्त्री अधिकारीले मुलुकको अर्थतन्त्र हाल डामाडोल भएको महङगीले आकाश छोएको, सरकारले पुंजिगत खर्च न्यून गरेको आरोप लगाए ।






























प्रतिक्रिया लेख्नुहोस्:-