पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले स्थानीय तह निर्वाचनलाई लक्षित गरी इजाजत प्राप्त हतियार बुझाउन अनुरोध गरेको छ।
प्रशासन कार्यालयले सोमबार सूचना जारी गरी इजाजत प्राप्त हतियारहरु स्थानीय तहको निर्वाचन पछि फिर्ता हुनेगरी नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको हो।
साहायक प्रमुख जिल्ला अधिकारी अनिल कुमार शाहीले आगामी सुचना निस्केको १५ दिन भित्रमा हतियार बुझाउन समय दिएको बताए।































प्रतिक्रिया लेख्नुहोस्:-