अभिनेता पल शाह जिल्ला अदालत तनहुँको थुनछेक आदेशविरुद्ध पुनरावेदनका लागि आज उच्च अदालत पोखरा जादैछन्। नाबालिगलाई जबरजस्ती करणी गरेको मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका उनले आजबाट पुनरावेदन प्रक्रिया शुरु गर्न लागेका हुन्।
पुर्पक्षका लागि थुनामा पठाउने जिल्ला अदालतको आदेश चित्त बुझ्दो नभएकाले मंगलबार आज उच्च अदालत पोखरामा पुनरावेदन दिन लागेको उनले जनाएका छन्। पलका पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता कमलामोहन वाग्ले जाँदैछन्।






























प्रतिक्रिया लेख्नुहोस्:-