कुश्मा । जिल्लाको कुश्मा नगरपालिका ६ मा अवस्थित नेपाल बाङ्गलादेश बैकं लि कुश्मा शाखाले वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम सम्पन्न गरेको छ । शनिबार कुश्मा ४ छमर्के पर्वतमा बैकंले महिला आमा समूह छमर्के पर्वतका सदस्यहरु लाइ वित्तिय साक्षरता अभिवृद्धि होस भन्ने उद्देश्यका साथ कार्यक्रम कार्यक्रम संचालन गरेको हो ।
नेपाल राष्ट्र बैकंले यहि चैत्र ७ देखि १३ गते सम्मलाई “ग्लोवल मनी सप्ताहा” २०२२ मा वित्तिय साक्षरता कार्यक्रम चलाउन आव्हान गरे अनुरुप बैकंले आम नागरिकलाई वित्तिय साक्षरता अभिवृद्धि कार्यक्रम २०७८ सम्बन्धि जनचेतनामुलक कार्यक्रम सञ्चालन गरेको नेपाल बाङ्गलादेश बैकं कुश्मा शाखाका म्यानेजर हेमन्त पन्तले जानकारी दिए ।
उनका अनुसार वित्तिय साक्षरता, बचत र कर्जा, रेमिटेन्स, सेयर बजार, विद्युतिय ठगी, लघु उद्यम र व्यवसाय सम्बन्धि महिला तथा सर्वसाधारण वर्गमा सचेतना फैलाउने उद्देश्यका साथ कार्यक्रम संचालन गरियको कार्यक्रमका प्रमुख वक्ता बैकंका कुश्मा शाखाका म्यानेजर पन्तले कार्यक्रममा सहभागिलाई जानकारी गराएका थिए ।
म्यानेजर पन्तले भने ‘ पछिल्लो समयमा बैकं सम्बन्धि विभिन्न प्रविधिको विस्तार भएकाले पनी आम नागरिकमा सचेतना फैलाउन आवश्यक रहेको बताउदै यस्ता कार्यक्रमले वित्तिय अभिवृद्धिमा महत्वपुर्ण भुमिका रहेने बताए ।’ साथै शाखाका साहायक शाखा प्रबन्धक अनिल भुसालले डिजिटल बैंकिंग भनेको केहो तेसको फाइदाहरु प्रयोग गर्ने तरिका र ठगि बाट जोगिन अपनाउनु पर्ने सुरक्षा का उपाय हरुको बारेमा बताएका थियो ।
उक्त कार्यक्रमबाट आफुहरुलाई पछिल्लो समयको बैकिङ्क कारोवार तथा अन्य सुविधाका बारेमा जानकारी हासिल भएको साथै कार्यक्रम निकै प्रभावकारी ढंकबाट सम्पन्न भएको सहभागि गौमाया पुनले बताईन ।
बैकिङ्क कारोवार सम्बन्धि यस्तै सचेतनामुलक कार्यक्रमहरु आगामी दिनहरुमा समेत सञ्चालन गरिने म्यानेजर पन्तले बताउनु भयो ।






























प्रतिक्रिया लेख्नुहोस्:-