२०८३ साउन २, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

गण्डकी प्रदेशको यू—१९ महिला क्रिकेट टोलीलाई प्रदेश सरकारले आर्थिक सहयोेग गर्ने अर्थ मन्त्री बरालको घोषणा

गण्डकी प्रेस
चैत्र १३, २०७८ १६:४१ मा प्रकाशित
खेलकुद, प्रमुख समाचार
गण्डकी प्रदेशको यू—१९ महिला क्रिकेट टोलीलाई प्रदेश सरकारले आर्थिक सहयोेग गर्ने अर्थ मन्त्री बरालको घोषणा
25
SHARES
Share on FacebookShare on Twitter

पोखरा । १९ बर्ष मुनिका खेलाडीहरु सहभागि (यु–१९) महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको विजेता गण्डकी प्रदेशको टोलीलाई प्रदेशका अर्थ मन्त्री रामजी प्रसाद बराल जीवनले आर्थिक सहयोग गर्ने बताउनु भएको छ । मन्त्रालयमा आइतबार आयोजित खेलाडी सम्मान तथा बधाई ज्ञापन कार्यक्रममा खेलाडीहरुलाई सम्मान गर्दै मन्त्री बरालले प्रदेशको नाम उचो राख्न खेलाडीहरुले पुराएको योगदानको प्रंशम्सा गर्दै उक्त टोलीमा आर्थिक सहयोग गर्ने घोषणा गर्नु भएको हो ।

प्रदेश सरकारले सहभागि खेलाडीलाई प्रारम्भिक चरणमा जनही ५० हजार रुपैया सहयोग गर्न चाहेको उहाँले बताउनु भयो । खेलाडीको प्रोत्साहन स्वरुप केही न केही गर्नुपर्छ भन्ने मान्यताले प्रदेश सरकारले प्रारम्भिक चरणमा उक्त रकम दिने सोच बनाएको मन्त्री बरालले बताउनु भयो । उहाँले भन्नुभयो “ राष्ट्रिय प्रतियोगितामा प्रदेशको प्रतिनिधित्व गरी विजेता हुनु भएको तपाई सम्पूर्ण खेलाडी, अपिसियल, खेल संघ लगायतलाई बिषेश धन्यवाद दिन चहान्छु, यो जितले गण्डकी प्रदेशको गौरव र सान बढेको हामीले महशुस गरेका छौं ।” खेल क्षेत्रले व्यक्तिलाई स्वस्थ्य राख्ने, आफ्नो जिल्ला, प्रदेश र देशको पहिचान बनाउने हुदाँ आगामी दिनमा खेल क्षेत्र प्रबद्र्धन गर्न प्रदेश सरकारको ध्यान केन्द्रित हुने भएको मन्त्री बरालले बताउनु भयो । खेल क्षेत्रले पर्यटन प्रबद्र्धनसंगै आर्थिक गतिविधि समेत बढाउने जसले प्रदेशको आन्तरिक पुंजि समेत बृद्धि हुने उहाँले बताउनुभयो ।

प्रदेशका आन्तरिक मामिला मन्त्री दोबाटे विश्वकर्माले उक्त जितले गण्डकी प्रदेशलाई ठुलो खुसि प्रदान गरेको बताउदै खेल क्षेत्रमा लाग्नेहरुको जीवनको भविश्य ग्यारेन्टी गर्नुपर्ने जनाउनु भयो । सम्भावना भएका खेलाडीहरु पलायन हुने अबस्थालाई अन्त्य गर्नुपर्ने उहाँँको धारणा थियो । गण्डकी प्रदेश सभाका अर्थ तथा विकास समितिका सभापति दीपक कोइरालाले खेलकुदबाट लाभ लिन दीर्घकालिन योजना अनुसार लगानी आवश्यक भएको बताउनु भयो । गण्डकी प्रदेशका खेलकुद परिषद सदस्य सचिव तेज बहादुर गुरुङले महिला क्रिकेटले दिलाएको जितले प्रदेशका २५ लाख जनतामा खुसि छाएको बताउनु भयो । प्रदेश सरकारले खेलकुदलाई बजेटको हिसावले बढी प्रथामिकता दिनुपर्ने उहाँले माग गर्नुभयो ।

गण्डकी प्रादेशिक क्रिकेट संघले मन्त्रालयमै आयोजना गरेको उक्त कार्यक्रममा अर्थ मन्त्री बराल, आन्तरिक मामिला मन्त्री विश्वकर्मा, प्रदेशका अर्थ तथा विकास समितिका सभापति कोइराला, प्रदेशका प्रमुख सचिव रविलाल पन्त, अर्थ सचिव बैकुण्ठ अर्याल, युवा तथा खेलकुद मन्त्रालयका सचिव बद्रीनाथ अधिकारी लगायतले खेलाडीहरुलाई सम्मानपत्रको साथमा फुल माला र अविर लगायर सम्मान गर्नु भएको हो । संघका अध्यक्ष देवेन्द्र प्रजुको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको संघका कोषाध्यक्ष प्रकाश पोखरेलले बताउनुभयो ।

कैलालीको धनगढीमा हालै सम्पन्न भएको सुदुरपश्चिम मुख्यमन्त्री कप यु–१९ महिला राष्ट्रिय क्रिकेट प्रतियोगितामा कर्णाली प्रदेशलाई ३ विकेटले पराजित गर्दै गण्डकी प्रदेशले उपाधि जितेको हो । गण्डकी प्रदेश यु—१९ महिला क्रिकेट टोलीमा अन्जली बिस्वकर्मा (उ.क), सिमाना के.सी., ज्योत्स्नीका मरासिनी, सोनिया थापा, आकृति तिवारी, कुसुम गोदार, अरबिना अधिकारी, निरु जि.टि., सेरिना थापा मगर, मनिसा उपाध्याय (क), सिर्जना पौडेल, जेनिसा खत्रि, आङ पेम ल्याम्बु शेर्पा र प्रीती पराजुली रहनु भएको छ । उक्त टोलीको टिम प्रशिक्षकमा रिजन प्रजु, सहायक प्रशिक्षक गोविन प्रधान र टिम व्यबस्थापकमा एलिसा लामिछाने रहनु भएको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का
खेलकुद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए