२०८३ साउन २, शनिबार
प्रिती बाट युनिकोड
Gandaki Press
lJMN6.gif
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
Gandaki Press
कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्

धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल

गण्डकी प्रेस
चैत्र १३, २०७८ १६:३१ मा प्रकाशित
प्रमुख समाचार
धार्मिक पर्यटन प्रदेश समृद्धिको आधार : मुख्यमन्त्री पोखरेल
24
SHARES
Share on FacebookShare on Twitter

स्याङ्जा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक पर्यटनका माध्यमबाट समृद्ध बनाउन सकिने बताएका छन् । स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा रहेको ऐतिहासिक आलमदेवी मन्दिरको अवलोकनपछि आइतबार मुख्यमन्त्री पोखरेलले आलमदेवी मन्दिरको सम्बन्ध नेपाल एकीकरणसँग पनि जोडिएको भन्दै यहाँ देश विदेशका पर्यटक भिœयाउन त्यही अनुसारको प्रचार प्रसार जरुरी रहेको बताए ।

धर्मलाई केबल परम्परासँग जोड्न नहुने भन्दै यसलाई जीवनशैलीसँग जोडेर समृद्धिको माध्यम बनाउनुपर्नेमा उनको जोड थियो । धर्मको कुनै भौगोलिक सीमा नहुने बताउँदै मुख्यमन्त्री पोखरेलले भने, ‘भारतका प्रधानमन्त्री नरेन्द्र मोदी मुक्तिनाथ आएलगत्तै त्यसको अनुसरण गर्दै भारतीय धार्मिक पर्यटकको लर्को लागेको थियो, अब पनि त्यही अनुसार प्रचार गर्न सक्नुपर्छ ।’

हिन्दु संस्कारसँग जोडिएका नेपाल र भारतका विभिन्न तीर्थस्थलहरुको आपसी सम्बन्ध रहेको स्मरण गर्दै उनले २ देशका नागरिकबीच सम्बन्ध विस्तार गर्नुपर्नेमा जोड दिए । गण्डकी प्रदेशको दक्षिणी भेगमा रहेको गजेन्द्र मोक्षधामदेखि देवघाट, रामदीधाम हुँदै मुक्तिनाथसम्मको क्षेत्रलाई धार्मिक करिडोरका रुपमा विकास गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको उनको भनाइ थियो ।

गण्डकी प्रदेश कालीगण्डकीबाट सिञ्चित पवित्र शालिग्रामको भूमि रहेको भन्दै मुख्यमन्त्री पोखरेलले यसलाई कुनै पनि हालतमा डाइभर्सन हुन नदिने भनाइ राखे । रामदी नजिकैबाट कालीगण्डकी डाइभर्सन गरी रुपन्देहीको तिनाउमा मिसाएर बिजुली निकाल्ने र सिँचाइका लागि प्रयोग गर्ने गरी अगाडि सारिएको आयोजनाको गण्डकी प्रदेशले यस अघि पनि विरोध गर्दै आएको छ ।

मुख्यमन्त्री पोखरेलले कालीगण्डकी नदीमात्र नभएर सभ्यतासमेत भएकाले योसँग धेरै सांस्कृतिक सम्बन्ध जोडिएको भनाइ राखे । रामदीदेखि तलको भागको सुख्खा पार्ने र कालीगण्डकीको धार्मिक अस्तित्वलाई मेटाउने गरी यो आयोजना अगाडि सारिएकाले विरोध गर्नुपरेको उनले बताए ।

ऐतिहासिक थलो आलमदेवीको विकासका लागि प्रदेश सरकारले छिटै प्याकेज नै घोषणा गरिने प्रतिबद्धता उनले जनाए । उनले भने, ‘यहाँ आउने बाटो र यसको गुरुयोजनाका बारेमा माग भएको छ, पोखरा फर्केपछि यसका बारेमा बुझेर के गर्न सकिन्छ, निर्णयमा पुग्छु ।’
उक्त अवसरमा मुख्यमन्त्री पोखरेलले आलमदेवीको ऐतिहासिक र धार्मिक पक्षका बारेमा जानकारी लिएका थिए । मन्दिर दर्शनका साथै उनले भजनकीर्तन समेत अवलोकन गरेका थिए ।

स्थानीय बासिन्दासमेत रहेका पूर्व सांसद शंकर पाण्डेले ऐतिहासिक थलो भए पनि आलमदेवीमा आवश्यकता अनुसार विकास हुन नसकेको भन्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका थिए । मन्दिरसम्म पुग्नका लागि सिंढी आवश्यक परेको, नेपाल एकीकरणका बेला र त्यसभन्दा अघिदेखिका महत्वपूर्ण हातहतियार मन्दिरमा रहेको र त्यसको संरक्षण जरुरी हरेको उनले बताए । आलमदेवीको गुरुयोजना संघ सरकारबाट तयार भइसकेको र त्यसको कार्यान्वयनका लागि प्रदेश सरकारले पहल गर्न नेता पाण्डेले आग्रह गरे ।

मुख्यमन्त्री पोखरेलले स्याङ्जाको कालीगण्डकी र गुल्मीको सत्यवती गाउँपालिका जोड्न कालीगण्डकीमाथि बनाइएको रुद्रबेणी पुल आइतबार उद्घाटन गरेका छन् । उक्त पुल निर्माणका लागि करिब साढे ६ करोड रुपैयाँ खर्च भएको छ । २०६७ सालमा निर्माण सुरु भएको पुल २०७५ मा निर्माण सम्पन्न भए पनि उद्घाटन भएको थिएन ।

मुख्यमन्त्री पोखरेलले चापाकोट, गल्याङ, रुद्रबेणी सडकको स्तरोन्नतीको कामको शिलान्यास समेत गरेका छन् । रुद्रबेणी खण्डको सडक स्तरोन्नतीका लागि यो वर्ष ३ करोडको ठेक्का लागिसकेको छ ।

मुख्यमन्त्री पोखरेल आइतबार कालीगण्डकीको कोटाकोटमा आयोजित आमसभामा सहभागी भएका छन् । उनले कालीगण्डकी जलविद्युत परियोजना समेत अवलोकन गरेका छन् । मुख्यमन्त्री पोखरेलले सोमबार स्याङ्जाको मालुंगामा शालिग्राम करिडोरको शिलान्यास गर्ने र उत्तरवाहिनी क्षेत्रको अवलोकन गरेर पोखरा फर्कने कार्यक्रम तय भएको छ ।

सम्बन्धित समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको
प्रमुख समाचार

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की
प्रमुख समाचार

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा
प्रमुख समाचार

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ
अपराध

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद
खेलकुद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का
खेलकुद

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

प्रतिक्रिया लेख्नुहोस्:-

हाम्रो बारे

'समाजको ऐना, हामी सत्यमा विश्वास गर्छौं।' गण्डकी प्रेस पोखराबाट सञ्चालित अनलाइन न्युज पोर्टल हो । यस न्युज पोर्टल मार्फत हाम्रो समाज हुने गरेका विकृति, विसंगति, सामाजिक विषयवस्तु, विकास एवं विभिन्न घटनाहरुको सम्प्रेषण गर्दै समुदायलाइ सु-सुचित गर्ने हाम्रो उदेश्य हो ।

गण्डकी प्रेस प्रा.लि. द्वारा संचालित
सूचना तथा प्रशारण विभाग दर्ता नं. २६१४/०७७-०७८ 

हाम्रो समूह

समाचार प्रमुख सुरेशराज अधिकारी
कानूनी सल्लाहाकार  बिमल प्र. लामिछाने
सम्पादक  सुशीलराज अधिकारी
संवाददाता  विष्णु प्र. बसौला
बिनिता सुनार
राज कुमार घिमिरे
ऋषि खतिवडा

सामाजिक सञ्जाल

Facebook Twitter Instagram RSS

सम्पर्क

गण्डकी प्रेस प्रा.लि.
पोखरा -०९, कास्की
gndakipress@gmail.com
सम्पर्क : +977 - 9856000233

© 2021 All Right Reserved With Gandaki Press - Designed by MPG Solution.

  • Privacy Policy
  • गण्डकी प्रेस
  • प्रिती बाट युनिकोड
  • राशिफल
  • समाचार
  • सम्पर्क
  • सामाजिक सञ्जाल बाट
  • हाम्रो बारे
  • हाम्रो समूह

कुनै परिणाम छैन
सबै परिणामहरू हेर्नुहोस्
  • गृहपृष्ठ
  • समाचार
  • अपराध
  • समाज
  • राजनिती
  • अर्थ
  • खेलकुद
  • शिक्षा/स्वास्थ्य
  • साहित्य/मनोरञ्जन
  • अन्तर्वार्ता
  • अन्तराष्ट्रिय
  • यस भित्र
    • पर्यटन
    • विचार
    • राशिफल

© 2026All Right Reserved WithGandaki Press - Designed by MPG Solution.

ताजा खबरहरु

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

मुस्ताङमा युरेनियम उत्खनन गर्न सम्झौता भएको छैन : परराष्ट्रमन्त्रीको

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

पोखरा ३२ सार्वजनिक सुनुवाइ सम्पन्न, वडाको मुहार परिर्वतन भएको छ अध्यक्ष: कार्की

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

निर्वाचन प्रक्रियामाथि प्रश्न उठाउँदै पूजा वास्तोलाद्वारा सर्वोच्च जाने घोषणा

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

पोखरामा पूर्वीय वाङ्मय ज्योतिष सम्मेलन सम्पन्न

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

रास्वपा गण्डकीको सभापति दौडमा डा. हरि कार्की ?

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

सन्तु हत्या आराेपमा जाेडिए रास्वपा नगर अध्यक्ष श्रेष्ठ

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

प्रथम महिला फुटसल लिग विवाद सहमतिमा टुंगियो, बौद्ध क्लबले दियो धन्यवाद

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

‘एसईई डान्स र किड्स डान्स च्याम्पियनसिप तथा ‘स्रष्टा सम्मान’ सम्पन्न

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

पोखरा महिला फुटसल लिग विवादमा, आयोजकको गम्भिर लापरवाहिले टिमलाई ठूलो मर्का

चर्चित खबरहरु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

रसिया पठाइदिन्छु भनी ठगी गर्ने व्यक्ति पक्राउ

बर्डफ्लुका कारण ११ वर्षिया बालकको मृत्यु

पोखरा १९ पुरचौरमा पहिरोमा परि ७ जनाको मुत्यु

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

अवैध लागूऔषध सहित ५ जना पक्राउ

Privity of Contract and its Specifications with Reference to Nepal

Socialist Legal System: An Assessment of Theory and Practice With Special Reference to Nepal 

४ दिन कैद सजाए भोग्न बाँकी रहेका राई पक्राउ

मेयर प्रेमलालको सट्टामा एसईई दिंदै गरेका कमल साह पक्राउ

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

एमाले नेता प्रदीपको देउवाप्रति खरो प्रहार, पहिले श्री ५ ले अहिले श्रीमान ५ ले प्रधानमन्त्री बनाए

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

२ करोडको लगानीमा पोखरामा क्लासिक चुलो

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

राज्यले सुकुमबासीको समस्या समाधान गर्नुपर्छ : संसद श्रेष्ठ

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए

सगरमाथा आरोहणका लागि चार सय १४ जनाले अनुमति लिए