सिद्वेश्वर युवा क्लबकाे आयोजनामा भएको साबिक वडा स्तरिय भलिबल तथा अन्य प्रतियोगिता सुरु भएको छ ।
रुपा गाउँपालिका ४ माउँडाँडामा भएको प्रतियोगिताकाे उद्घाटन गर्दै गण्डकी प्रदेश सभाका संसद बिकास समितिका अध्यक्ष दिपक काेइरलाले गाउँलाई बिकासकाे मुल प्रवाहमा कसरी पुर्याउने भन्ने छलफल भएको बताए । रुपाकाे बिकासकाे लागि रुपा रिङ राेड याेजना अघि बढाएको जानकारी दिए । कृषी क्षेत्रकाे लागि काेल्ड स्टाेर भएको बताए । काेल्ड स्टाेरमा राख्ने तरकारी फलफूल उत्पादन र खाध्यन उत्पादन गर्नुपर्ने बताए ।
हरेक गाउँमा खेलकुद मैदान बनाउने अभियानमा सरकार रहेको बताए ।
गाउँमा बिकास आएपछि गाउँका मान्छे गाउँ छाडेर हिड्न लागेको बताए । गाउँमा आएको बिकासकाे प्रयाेग गर्न अनुराेध गरे ।
माअाेवादि केन्द्रमा नेता अम्बर दिप पराजुली लामाे समय देखि क्रियाशील रहेको बताए । सिद्वका केही मान्छे परिवर्तनका लागि ज्यान दिएको बताए । संघियता आएपछि बिकासले तिव्रता पाएकाे बताए । सफलताको कामना ।
स्थानीय यातायात समितिका अध्यक्ष केदार पाैडेल खेलकुद र यातायात अभिङ्ग अंग रहेको बताए । अागामी दिनमा पनि मिलेर अघि बढ्नुपर्ने बताए ।
नेपाली काँग्रेस महाधिवेशन प्रतिनिधि राजेन्द्र सिंह यस कार्यक्रम भब्य र सब्य सफल पार्न आफू पनि लागि परेको बताए । अनुशासनमा रहेर खेल खेल्न अनुरोध गरे ।
सिदेश्वर क्लबका संस्थापक शिवराज सिहं लगायतले कार्यक्रममा भनाई राखेका थिए । प्रतियोगितामा पहिलो हुनेले ४० हजार, दाेस्राे हुनेले २५ हजार, तेस्राे हुनेले १० हजार सहित मेडल प्रमाणपत्र बितरणा गरिने छ । प्रतियोगितामा २० टिमकाे सहभागीता रहेको छ ।






























प्रतिक्रिया लेख्नुहोस्:-